६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

ललितपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रवीण र सुरुचीले जिते स्वर्ण

महालक्ष्मी नगरपालिकाका प्रवीण राना मगर र ललिपतुर महानगरपालिकाकी सुरुची मोक्तानले चौधौं ललितपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा स्वर्ण जितेका छन्। प्रवीण छात्र तथा सुरुची छात्रामा पहिलो भएका हुन्। दुवैले बिहीबार १ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ८ सय मिटर दौडको छात्रमा महालक्ष्मीका सुसन बम्जन र छात्रामा ललिपतुरकी हरिमाया पाण्डे, ३ हजार मिटर दौडको छात्रमा ललिपतुरका रमन महत र छात्रामा ललितपुरकी शान्तिमाया बल, लङजम्पको छात्रमा ललितपुरका धनबहादुर मगर र छात्रामा ललितपुरकै सहारा वाइबा, हाइजम्पको छात्रमा महालक्ष्मीका पुजन चन्द र छात्रामा बागमती गाउँपालिकाकी आस्कृता बम्जन तथा सटपुटको छात्रमा ललितपुरका मिलन मगर र छात्रामा महालक्ष्मीकी सविना गोलेले पहिलो स्थान हात पारे।

प्रकाशित: ५ माघ २०८० १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App