१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिलीको जङ्गलमा आगलागीः ४६ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता

चिलीको एक जङ्गलमा आगलागी हुँदा कम्तिमा ४६ जनाको मृत्यु भएको छ। चिलीका राष्ट्रपति गैब्रिएल बोरिकका अनुसार सेन्ट्रल चिलीको वालपराइसो क्षेत्रको जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको हो।

बीबीसीका अनुसार राष्ट्रपति बोरिकले मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने बताएका छन्।

समुद्री किनारमा अवस्थित पर्यटकीय सहर विना डेल मार आसपासमा आगलागीको प्रभाव बढी देखिएको छ। हाल त्यस क्षेत्रमा उद्धार कार्य जारी रहेको छ।

विना डेल मार सहरका मेयरका अनुसार झन्डै २ सय जनाभन्दा बढी मानिस बेपत्ता रहेका छन्।

गृह मन्त्रालयका अनुसार चिलीमा ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्र आगलागीका कारण प्रभावित बनेको छ।

प्रकाशित: २१ माघ २०८० ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App