विपन्नलाई सरकारी लगानीमा चिटिक्क घर, तर घामपानी छेकेन
दाङको बंगलाचुली गाउँपालिकामा विपन्नका लागि सरकारी लगानीमा बनाइएका प्रिफ्याब घरमा कोही जान मानेनन् । अस्वाभाविक निर्माण लागतमा बनेका ती घरले घाम र पानी पनि राम्ररी छेक्दैनन् ।
दाङको बंगलाचुली गाउँपालिकामा विपन्नका लागि सरकारी लगानीमा बनाइएका प्रिफ्याब घरमा कोही जान मानेनन् । अस्वाभाविक निर्माण लागतमा बनेका ती घरले घाम र पानी पनि राम्ररी छेक्दैनन् ।
जनता आवास कार्यक्रममार्फत घर निर्माणका लागि यहाँका ११० विपन्न परिवार छनोट भएका छन्।
सन्धिखर्क नगरपालिका–९ पाथ्राबांग निवासी ५३ बर्षिया एकल महिला झुम्की बिक लकडाउनका बेला पनी टन्टलापुर घाममा सडकमै दिन बिताउँछिन्। अन्य समयमा अरुको घरमा गएर दैनिक मजदुरी गरेर छाक जुटाउने बिकले लकडाउन भएसंगै काम नपाएपछि सन्धिखर्क, अर्घा सडकको किनारमा गिट्टी कुट्न शुरु गरेकी हुन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’का कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका ११ वटा वडाका विपन्न परिवारलाई नगरपालिकाले बैसाख ७ गतेदेखि खाद्यान्न वितरण सुरु गरेको हो ।
पृथ्वी राजमार्ग हुँदै पोखरा उपत्यका छिर्ने मुख्य नाकामा रहेको पोखरा महानगरपालिका–३२ ले नाकामा कडाइ गर्दै विपन्नलाई राहत वितरण गरेको छ।
गरिबी र विपन्नताको वास्तविक परिभाषा तथा तथ्यांकको अभावमा लक्षित वर्गलाई राहत वितरण गर्ने काम स्थानीय सरकारसामु चुनौतीपूर्ण बनेकोछ ।
कोरोनाका कारण मुलुक लकडाउन भएपछि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने असहाय, अति विपन्न तथा दैनिक ज्यालादारी गर्ने मानिसका लागि राहत दिने घोषणा गर्यो।
बैतडीको दशरथचन्द नगरपालिका–१ को कार्यालयले वडाभरीका विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ।
लकडाउनको अवधिमा गरिब तथा विपन्न परिवारलाई खाद्यन्न र राहत सामग्रीका लागि रकम पठाएको एक साता वितिसक्दा समेत प्रदेश २ का अधिकांश स्थानीय तहले राहत वितरण गर्न सकेको छैन। समन्वय अभाव, झन्झिटलो प्रक्रिया र स्थानीय जनप्रतिनिधिको उदासिनताले राहत वितरण हुन नसकेको हो।
गुल्मीको धुर्कोट गाउँपालिकाले अतिविपन्न परिवारलाई राहत वितरण शुरु गरेको छ।
मेची–महाकाली बुहारी समूहले वीरेन्द्रनगरका विपन्न परिवारका लागि खाद्यान्न सहयोग गरेको छ। बुहारी समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३ का विपन्न र गरिव परिवारका लागि २० हजार बराबरको खाद्यान्न सहयोग गरेको हो।
दैनिक ज्याला–मजदुरी गरेर पेट पाल्ने श्रमिकलाई लामो समयको लकडाउनले खाद्यान्न अभाव हुने सम्भावना भएपछि जिल्लाबासी उनीहरूलाई खाद्यान्न जुटाउन थालेका छन्। स्थानीय तह र दाताले निजी क्षेत्रबाट चामल संकलन गरी श्रमिकलाई प्रदान गर्न थालेका हुन्।
मेची–महाकाली बुहारी समूहले वीरेन्द्रनगरका विपन्न परिवारका लागि खाद्यान्न सहयोग गरेको छ। बुहारी समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३ का विपन्न र गरिव परिवारका लागि २० हजार बराबरको खाद्यान्न सहयोग गरेको हो।
भक्तपुरका एक समाजसेवीले लकडाउनको समयमा दैनिक कमाई गरी खानुपर्ने समस्या भइरहेका परिवारलाई दाल चमल सहयोग सुरु गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ वस्ने समाजसेवी विष्णुराज कार्कीले प्रति परिवार १० किलो चामल र एक किलो दाल निःशुल्क सहयोग गरेका हुन्।
आलोचकले बेलाबखत उनलाई भन्छन्– युवा हो, युवाको जमातमा हिँड्छ, गुडागर्दी गर्छ र उसको समाजसेवा भनेको ‘हात्तीको जस्तै देखाउने दात’ हो।