२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई

जिल्लाका तीन निर्वाचन क्षेत्रमा मात्रै तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् भने पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

गठबन्धनको जितलाई अब कसैले रोक्न सक्दैनः शाह

क्षेत्र नं. ५ को कञ्चन गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै नेता शाहले लोकतान्त्रिक संविधानको रक्षा गर्दै जनताको जीवनस्तरमा परिर्वतन ल्याउन गठबन्धनका दलहरुले जित्नु पर्ने बताएका हुन्।

मतदाता भन्छन्ः ‘निर्वाचनपछि काम गरेर खान पाइयोस, सुखले बाँच्न पाइयोस्’

पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन। उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने चिन्तामा छन्।

डोल्पा र सल्यान: गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा ९एमाले०बीच नै प्रतिस्पर्धा देखिन्छ। सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० पार्टीका उपमहासचिव प्रकाश ज्वाला हुनुहुन्छ भने एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ।

प्रदेशलाई सबल बनाउन स्वतन्त्र उम्मेदवारी

‘संघीयतामा प्रदेशको महत्व बढ्नुपर्नेमा यो झनै उपेक्षित हुँदै गयो,’ काठमाडौ क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ लामिछानेले भने, ‘स्थानीय तहलाई सशक्त बनाउने प्रदेशलाई सबल बनाउन पनि मेरो स्वतन्त्र उम्मेदवारी परेको हो।’

निर्वाचनमा अढाइ लाख कर्मचारी खटाइने

आयोगका अनुसार देशभर २२ हजार २ सय २७ मतदान केन्द्र तथा १सय ४१ अस्थायी मतदान केन्द्र राखिने भएका छन्। यसैगरी करिब १० हजार ८ सय मतदान स्थल राखिन लागेका आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए।

बोटेहरू भन्छन्: हाम्रा दिन कहिले फिर्छन् ?

व्यास नगरपालिकाको पाटनको बोटे गाउँमा पुग्दा उनीहरू बारीमा तरकारी लगाउन खनजोत गर्दै थिए। माछा मार्ने पुख्र्यौली कामबाट जीविकोपार्जन नभएपछि उनीहरू खेतीपाती गर्न थालेका हुन् तर उनीहरूलाई यसबाट पनि दैनिकी चलाउन कठिन भइरहेको छ।

‘गाउँमा पानी र सडक पुर्‍याए भोट’

गाउँमा तरकारी खेती, सिँचाइ, गाईबस्तुलाई पानी दिने त कुरै नगरौं, घरमा खाना पकाउनका लागि पनि प्रशस्त पानी नपाइने गरेको छायाँ बताउँछिन्।

हिमाली क्षेत्रमा मतदाताका घरमा ताल्चा

घरमुलिले घरमा ताला ठोकेर चिसो छल्न बसाई सरिसकेका छन्। मतदाता नै बसाइँ सरेपछि चुनावी दौडामा रहेका उम्मेदवारलाई मतदाता भेट्न निकै नै सकस भएको हो।

‘चुनावी नारा बन्छ, कालोपत्रे हुँदैन लोकमार्ग’

पुरानै ट्र्याकमा काम थालिएको बागलुङ बजारदेखि बिहुँ घोडाबाँधेसम्मको २५ किलोमिटर सडक भने अझै पनि कालोपत्र हुन सकेको छैन। कालोपत्र हुन त परैको कुरा, सडकमा भएका खाल्डाखुल्डी र हिलो धुलोका कारण यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ।

कोइराला र पोखरेललाई आफ्नै रिझाउने चुनौती

मोरङ क्षेत्र नम्बर २ का पुराना मतदातालाई गिरिजाप्रसाद कोइरालाको सम्झना अझै पनि ताजै छ। पुराना मतदाता गिरिजाप्रसाद कोइरालाको क्षेत्रमा उनकै छोरी उम्मेदवार भएकाले उनलाई नै मतदान गर्ने मनस्थितिमा छन्।

नेता घरदैलोमा, मतदाता कालापहाड

गरिबीले गर्दा चुनाव छाडेर भारतीय सहर जान लागेको रोल्पाका कर्मसिंह बुढाले बताए। ‘यतै रोजगारी भएको भए कामका लागि भारत जानुपर्ने थिएन,’ उनले भने, ‘यहाँ बसेर परिवार पाल्नै समस्या हुन्छ।’ कमाइभन्दा उल्टै ऋण लाग्ने भन्दै उनले चुनावको मुखैमा भारत जानु रहर नभई बाध्यता भएको बताए।

जहाँ अजेन्डा बिक्छ, विकास हार्छ

राजनीतिक नेतृत्व र यहाँबाट प्रतिनिधित्व गर्नेहरूले विकासका सवालमा अगुवाइ नगर्नु र जिल्लाको विकासमा स्थानीयको सामूहिक भावना नहुनुले पोखरादेखि साढे ७१ किलोमिटर मात्रैको दुरीमा रहेको बागलुङले विकासको लय समात्न सकेको छैन।

मलेसियामा मङ्सिर ३ गते आम निर्वाचन हुँदै

उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले पत्रकारलाई बताएका छन्।

दलहरु उम्मेदवार सिफारिसमा व्यस्त

आउँदो मंसिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित ठूला दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्