३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

प्रदेश र संघीय चुनावका लागि माओवादी केन्द्रबाट उम्मेद्वार सिफारिस

प्रदेशसभा तथा संघीय चुनावका लागि नेपाल कम्युनिष्ट पार्टील (माओवादी केन्द्र) उदयपुरले उम्मेद्वारको नाम सिफारिस गरेको छ। भर्खरै सीमा तथा संख्या निर्धारण भएर ४ प्रदेशसभा र २ संघीय प्रतिनिधिसभा निर्वाचन क्षेत्रको टुंगो लागेको उदयपुरमा चुनाव लड्न प्रत्येक निर्वाचन क्षेत्रबाट ३/३ जनाका दरले पार्टीले नाम सिफारिस गरेको हो।

कांग्रेसले प्रदेश र केन्द्रका उम्मेदवारको नाम असोज १५ भित्र सिफारिस गर्ने

नेपाली कांग्रेसले मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनका लागि असोज १५ भित्र उम्मेदवारको नाम सिफारीस गर्न जिल्लालाई परिपत्र गर्ने भएको छ। कांग्रेस कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले प्रदेश र केन्द्रका लागि नाम सिफारीस गर्न जिल्लालाई परित्रप गर्ने निर्णय गरेको हो।

कारबाही सिफारिसमा परेका शर्माले फेरि मागे ४० करोड

साझा प्रकाशनका विवादित अध्यक्ष डोलिन्द्रप्रसाद शर्मासहित सञ्चालक समितिका केही सदस्यले शिक्षा मन्त्रालयसँग ४० करोड रुपैयाँ माग गरेका छन् । अध्यक्ष शर्मा तथा मनोनीत सदस्य एवं पूर्वशिक्षामन्त्रीद्वय प्रदीप नेपाल र दिनानाथ शर्माले दसैंपहिले नै उक्त रकम उपलब्ध गराउन दबाब दिएको खुलेको छ ।

उम्मेदवार सिफारिसमा ‘आर्थिक चलखेल’

लक्ष्मीपुरपत्तारी गाउँपालिका–१ को वडाध्यक्षमा बुधबार दिउँसो १ बजे कांग्रेसबाट शिवकुमार साहले मनोनयनपत्र दर्ता गराए । उनी मत मागिरहँदा सोही साँझ त्यस पदमा कांग्रेसबाटै अर्को व्यक्ति दरबारी मण्डलको उम्मेदवारी प¥यो ।

जोखिममा रहेका पाँच बस्ती सार्न प्राधिकरणको सिफारिस

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत केन्द्रीय आयोजना कार्यान्वयन इकाईले यहाँ जोखिममा रहेका ४ गाउँपालिका पाँच बस्ती सार्न सुझाव दिएको छ ।

एसएसपी श्रेष्ठलाई डिआइजी बनाउन सिफारिस

उपचारका क्रममा कोमामा रहेका एसएसपी राजेन्द्रमान श्रेष्ठलाई बढुवामा छुटाउँदा आलोचित भएको गृह मन्त्रालय र प्रहरी नेतृत्वले डिआइजीको विशेष पद निर्माण गरेर बढुवा सिफारिस गरेको छ।

सञ्चालक समिति बर्खास्त गर्न सिफारिस

शिक्षा मन्त्रालयको छानबिन समितिले साझा प्रकाशनमा अनियमितता भएको पुष्टि गर्दै वर्तमान सञ्चालक समितिलाई हटाएर तत्काल कारबाही प्रक्रिया अघि बढाउन  सिफारिस गरेको छ।

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता वसन्तराम सिफारिस

प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा नियुक्त गर्न वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। प्रधानमन्त्री कार्यालयले बुधबार वरिष्ठ अधिवक्ताको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको हो।

काँग्रेसका अन्तरघातीमाथि कारबाही गर्न सिफारिस

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तरघातका कारण चुनाव हार्नु परेको भन्दै नेपाली कांग्रेसले आधादर्जन अगुवा कार्यकर्तामाथि कारबाहीको सिफारिस गरेको छ । पार्टीको त्रियुगा नगरपालिका १३ वडा समितिले अन्तरघातका कारण आधिकारिक उम्मेद्वारले हारेको निश्कर्ष निकाल्दै ५ जना अगुवा कार्यकर्तामाथि कारबाही गर्न माथिल्लो निकायमा सिफारिस गरेको जनाएको छ ।

कारवाहीको सिफारिसमा परेका डिएसपी दासलाई एसपीको फुली

बढुवा प्रकृयालाई प्रभावित नगरी निलम्बनको प्रकृया स्थगित गर्न सर्वोच्च अदालतबाट आएको आदेशका कारण डिएसपी सञ्जिव दास शर्मा एसपीमा बढुवा हुने भएका छन् ।

बढुवा सिफारिस : गृहमा गन्जागोल

ऊर्जा मन्त्रालयमा मिलेको सफलताको ऊर्जा बोकेर गृह मन्त्रालय सम्हाल्न आएका माओवादी केन्द्रका नेता जनार्दन शर्माले यसअघिका गृहमन्त्रीले भन्दा फरक ढंगले आफूले काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। तर, उनको प्रतिबद्धता दुई महिना पनि टिकेन।

आठ अधिकारीलाई विभागीय कारबाहीको सिफारिस

कक्षा १२ को परीक्षामा प्रश्नपत्र अपुग भएको सम्बन्धमा गठित छानबिन समितिले तोकिएको दायित्व निर्वाह नगरी लापरबाही गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकलगायत आठ अधिकारीलाई विभागीय कारबाही गर्ने सिफारिस गरेको छ।

प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस

प्रधानन्यायाधीश सुशीला कार्कीको अवकास पछि रिक्त रहेको पदमा न्यायापरिषद् सचिवालय वैठकले ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको छ।

एमालेका २० नेतालाई कारबाही सिफारिस

नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ।

टंकमणी शर्मा महालेखा परीक्षकमा सिफारिस

संवैधानिक परिषदले महालेखा परीक्षकमा टंकमणी शर्मालाई सिफारिस गरेको छ। बुधबार साँझ बसेको संवैधानिक परिषदको बैठकले प्रधानमन्त्री कार्यालयका सचिव शर्माको नाम महालेखा परीक्षकको लागि सिफारिस गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्