७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि ताप्लेजुङमा खटिए १५ जना महिला मतदान अधिकृत

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा ताप्लेजुङमा १५ जना महिला मतदान अधिकृत खटिएका छन्।

निर्वाचन आयोगले निर्वाचनको तयारीबारे कूटनीतिक नियोगलाई गरायो जानकारी

आयोग केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको र आवश्यक तयारी पूरा भएको जानकारी गराएको हो।

चुनाव आयो भन्छन्, खै कहाँ आयो चुनाव?

चुनावमा गएर के गर्ने बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा रहनु परेको डुम्रेमा सडक व्यापार गर्दै आएकी गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५० वर्षीया देवीमाया कुमाल बताउँछिन्। ‘चुनाव आयो भन्छन्। खै कहाँ आयो चुनाव? भोट दियो नेताले जित्छन्। न त फर्केर आउँछन् न त हाम्रो दुःख फेरिन्छन्,’ उनी भन्छिन्,

चुनावका दिन अत्यावश्यकीय सेवा प्रवाह गर्ने सवारीका लागि पास नचाहिने

निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरुका लागि पासको आवश्यक्ता नरहेको प्रष्ट पारेको छ।

कपिलवस्तुमा ५ हजार सुरक्षाकर्मी र ३५ सय बढी कर्मचारी परिचालन

निर्वाचनलाई स्वच्छ र भय रहीत बनाउन आफूहरुले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उनले बताए। निर्वाचनमा तीन तहको सुरक्षा घेरा रहने छ। उता सुरक्षा स्थिति मजबुत बनाउन मदिरा बिक्री वितरणमा रोक लगाइएको छ भने ७२ घन्टा अघि नै सिमा नाका समेत बन्द गरिने भएको छ।

यस्तो छ नवलपरासीपूर्वमा निर्वाचनको तयारी!

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भने, 'निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको छ, आवश्यक सुरक्षाको प्रबन्ध सबै मतदान केन्द्रमा भइसकेको छ।' निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षाको व्यवस्था सुदृढ बनाइएको उनको भनाइ छ।

'उम्मेदवारको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही हुन्छ'

‘आचारसंहीता कुनैपनि ठाउँमा उल्लंघन हुन लागेको छ भने त्यसलाई तत्काल कारबाही गर्नुपर्छ भनेर हामी सबै पनि सचेत भएर लागेका छौं। यसको अतिरिक्त स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई पनि अब जटिल समय आउनसक्छ त्यसो भएर तपाईहरु सचेत भएर कारबाही गर्नुस् भनेर हामीले भनिसकेका छौं।'

स्थापित उम्मेदवारमाथि नयाँ हाबी

चर्चाका हिसाबले तोसिमा बहालवाला मन्त्री भुसाल र एमाले उम्मेदवार खड्कामाथि पनि हाबी भइरहेकी छन्। तथापि त्यस क्षेत्रमा सत्ता गठबन्धनको उपस्थिति, उम्मेदवारी दिएका व्यक्ति स्थानीय वा बाहिरिया भन्ने पेचिलो विषय, नयाँ दल र उम्मेदवारप्रतिको आकर्षण तथा उम्मेदवारले उठाएका एजेन्डाका कारण निर्वाचन परिणाममा को हाबी हुन्छ भनेर पूर्वानुमान गरिहाल्ने अवस्था देखिँदैन।

विरासत जोगाउन र भत्काउन होड

२०७९ वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत र २०७४ को आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा त्यस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको हो। कांग्रेस, माओवादी, राजपा र एमाले, राप्रपा संघीय समाजवादी फोरमले पाएको समानुपातिक मतलाई लिँदा विपक्षी गठबन्धन सात र सत्ता गठबन्धन ११ क्षेत्रमा अगाडि छन्।

म्याग्दीका दुई प्रतिनिधिसभाका उम्मेदवार गर्बुजा र श्रेष्ठ

म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा (खम्वीर) को नाम सबैभन्दा बढी चर्चित छ।

मौन अवधिदेखि मतगणनासम्म मादक पदार्थ बिक्रीविवरण तथा सेवन गर्ने काम निषेध गर्न गृहलाई आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीविवरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

निर्वाचन नजिकिएसँगै सवारी साधन बुकिङ बढ्यो

'मतदातालाई गाउँमा भोट हाल्न लैजाने भन्दै विभिन्न पार्टीका नेता तथा उम्मेदवारले व्यवसायी र महासङ्घमा फोन गरेर बस बुकिङ गरिरहनुभएको छ', उनले भने।

‘बाटो बनाउनेलाई भोट’

महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा पर्ने बर्दिबास नगरपालिका–११ छोडके गाउँका मतदाता गाउँमा बाटो बनाउने उम्मेदवारलाई भोट दिने बताउँछन्।

निर्वाचनको सरगर्मी उत्साहजनक र वातावरण शालिन: आयोग

देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ। पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट प्रभावकारी रुपमा भइरहेको र उम्मेदवार पनि मत माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेकाले चुनावको सरगर्मी तीव्ररुपमा अघि बढेको छ।

स्थानीयको समस्या समाधानका लागि लड्नेछुः कुन्ती पोखरेल

आइतबार काठमाडौं क्षेत्र नं. २ अन्तर्गत शंखरापुर नगरपालिकाको वडा नंं. ८ मा घरदैलोको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले क्षेत्रको समस्या समाधानका लागि लागिपर्ने बताएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्