१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

म्याग्दीका दुई प्रतिनिधिसभाका उम्मेदवार गर्बुजा र श्रेष्ठ

म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा (खम्वीर) को नाम सबैभन्दा बढी चर्चित छ। बेलायती सेनाबाट अवकाश प्राप्त हसिला र बिकासप्रेमी खम्बीर गर्बुजा २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा कांग्रेसको दरिलो खम्बा बनेर म्याग्दीका विकट गाउँवस्तीहरुलाई विकासको उज्यालोले उजिल्याउने प्रयासमा लागिरहेका छन्।

२०५४ सालमा तरुणदलको सदस्यता लिएर म्याग्दीको विकासका लागि होमीएका खम्बीर गर्बुजाको जन्म २०२२ सालमा रघुगंगा गाउँपालिकाको वडा नं ४ मा पर्ने दग्नाम गाउँमा भएको थियो। बुबा चकबीर गर्बुजा र आमा कृष्णकुमारी गर्बुजाको कोखबाट जन्मिएका  खम्बीर गर्बुजा २०५६ को पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नारायणसिंह पुनलाई जिताउन अहोरात्र खटेर म्याग्देली जनहरुको मन जित्न सफल भएका छन्।  

२०७० सालको दोस्रो संविधान सभाको निर्वाचन र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा चुनावी मैदानमा उपविजेता भएपनि म्याग्दीको विकासका लागि केन्द्र र प्रदेशसँग समन्वय गरेर निर्वाहा गरेका भूमिका म्याग्देली जनताका लागि अविश्मरणीय छ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका गर्बुजा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेस म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापति र २०७२ सालमा सम्पन्न छैठौं जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए। दुई कार्यकाल म्याग्दी कांग्रेसको जिल्ला सभापति निर्वाचित भएका गर्वुजा पुन ः तेस्रो पटक म्याग्दीको सुशासन,विकास र समृद्धिको लागि प्रतिनिधि सभा सदस्यको लागि वाम लोकतान्त्रिक गठवन्धनको तर्फदेखि उम्मेदवार बनेका छन्।  

बेलायतको सुख सयल, व्यक्तिगत इच्छा र चाहनाहरुलाई म्याग्देली जनताको विकास र समृद्धिको सपनासँग जोडेर म्याग्दीकै माटोमा विकासको मूल फूटाइ विकट र निकटका जनतालाई सँगसँगै हिडाउने महान उद्धेश्य लिएका हसिँला गर्बुजा सहित गठवन्धनका प्रदेश सभा सदस्यका उम्मेदवारहरुको जीत निश्चित प्राय ः छ।  

छिमेकी जिल्ला विकास निर्माणको क्षेत्रमा तिब्र गतिमा अगाडी बढेपनि यसअगाडी विजय भएर गएका जनप्रतिनिधिको काम सन्तोषजनक नभएकै कारण पनि यसपटक योजनाबद्ध र जनताको प्राथमिकताका क्षेत्रमा काम गर्ने उम्मेदवार गर्बुजाको योजना छ। जनप्रतिनिधि नभएपनि उम्मेदवार गर्बुजाले म्याग्दीमा प्रदेश र संघीय सरकारबाट विभिन्न शिर्षकम बजेट ल्याएर जनताको मनमुटुमा बसिसकेका छन्। जनताको सेवा गर्न जनप्रतिनिधि नै हुनुपर्छ भन्ने भनाइलाई उम्मेदवार गर्बुजाले म्याग्दीको हकमा चिरेका छन्।  

उनले धेरैपटक प्रदेश सरकार र संघीय सरकारका विभिन्न मन्त्रालयमा म्याग्दीबासीको समस्याको पोको बोकेर गएका छन्। विकासप्रेमी नेता गर्बुजाले गरेका कामका बारेमा म्याग्देली मतदाता प्रष्ट छन्। गाउँघरमा पुगेर जनताको समस्या र आवश्यकतालाई पूरा गर्न गर्बुजाले अहिलेसम्म खेलेको भूमिकाकै कारण यसपटक सहरदेखि ग्रामिण क्षेत्रसम्मका मतदाता उनलाई मतदान गर्न उत्साहित छन्। जनताको सेवक बन्ने गर्बुजाको प्रयास र सक्रियतालाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रुख चिन्हमा मतदान गरी थप पुष्टी गर्न म्याग्देली जनता आतुर रहेको गर्बुजाको भनाइ छ।  

त्यस्तै बि.स २०२२ साल भदौ २ गते बाबु अमरलाल र आमा मतीकुमारीका जेठा छोराको रुपमा सदरमुकाम बेनीबजारमा जन्मिएका हरिकृष्ण श्रेष्ठ आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचनमा प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार छन्। लामो राजनीतिक र सामाजिक सेवा गरेको अनुभव रहेको नेता श्रेष्ठलाई म्याग्दीमा इमानदार, क्षमतावान र जनताको मर्म बुझने नेताको रुपमा समेत चिन्छन्। म्याग्दीबासीको सेवा गर्न स्थायी सरकारी जागिर छाडेर राजनीतिमा होमिएका श्रेष्ठले सामाजिक संस्थामार्फत समेत धेरै काम गरेका छन्। उनले आफ्नो ब्यवसायसँगै विभिन्न अभियानमार्फत म्याग्देलीसँग जोडिएका छन्।  

जिल्लाको विकास र समृद्धिका लागि नेकपा एमालेलाई मतदान गर्न अनुरोध सहित चुनावी अभियानमा होमिएका श्रेष्ठले आफ्नो क्षमतालाई थप जनताको पक्षमा काम गर्नका लागि पार्टीले सर्वसम्मत उम्मेदवार बनाएकाले थप उत्साहित भएर चुनावी अभियानमा छन्। श्रेष्ठले आइकमसम्मको अध्ययन गरेका छन्। श्रेष्ठका एक श्रीमती र तीन छोरी छन्। श्रेष्ठ निजामती सेवाको लेखा समुहबाट राजिनामा दिएर सकृय राजनीतिमा आएका हुन्। प्रतिनिधिसभाका लागि एमालेबाट उम्मेदवार बनेका श्रेष्ठ ०३६ सालदेखी तत्कालिन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौबाट विद्यार्थी राजानीतिमा प्रवेश गरेका थिए। श्रेष्ठ ०३८ सालमा प्रकाश माध्यामिक विद्यालयमा भएको स्वतन्त्र विद्यार्थी युनियनको सभापनि निर्वाचित भएका थिए।

०४० सालमा महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङमा अनेरास्ववियुका अध्यक्ष बनेका श्रेष्ठ ०४६ सालमा नेकपा मालेको बेनी कमिटी सदस्य, ०५० सालमा नेकपा एमालेको १ नम्बर इलाका सदस्य, ०५१ सालमा जिल्ला सदस्य र ०६६ देखी ०७८ सालसम्म एमालेका जिल्ला अध्यक्ष बनेका थिए। हाल एमाले गण्डकी प्रदेश कमिटीमा सचिवालय सदस्यको भूमिकामा रहेका श्रेष्ठ राजनीतिसँगै सामाजिक कार्यमा उत्तिकै सक्रिय रहेकाले मतदातामाझ परिचित छन्। श्रेष्ठ ०५४ देखी ०५९ सालसम्म अथुङ्गे गाविसका अध्यक्ष भएर काम गरेका थिए। म्याग्दी पुस्तकालय, नेपाल रेडक्रस सोसाईटी, म्याग्दी अस्पताल, बेनी खानेपानी, म्याग्दी बहुमुखी क्याम्पस, प्रकाश माध्यामिक विद्यालय समेत दर्जनबढी सामाजिक संघ संस्थामा सफल नेतृत्व गरेकाले अव उनी संसदबाट म्याग्देली जनताको काम गर्ने पक्षमा छन्।  

पछिल्लो समय बेनी बजार संरक्षण योजनामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका नेता श्रेष्ठ सामाजिक कार्यमा राजनीतिभन्दा सहकार्य गर्न रुचाउँछन्। जनताको सेवा गर्न पेशा र व्यवासाय छोडेर राजनीति गरेकाले यसपटक मतदाताको रोजाईमा पर्ने उनको लक्ष्य छ। जिल्ला पार्टीले श्रेष्ठलाई सर्वसम्मत एकल उम्मेदवारका रुपमा सिफारिस गरेको थियो। उम्मेदवार सिफारिस भएसँगै श्रेष्ठले जिल्लाको अति विकट गूर्जाबाट चुनावी अभियान सुरु गरेका थिए।  

प्रकाशित: २७ कार्तिक २०७९ १४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App