६ आश्विन २०८१ आइतबार
image/svg+xml

निर्वाचनमा खटिएका कर्मचारी आफ्नै काममा फर्कन थाले

निर्वाचनको सबै मतगणना मङ्गलबार सम्पन्न भए लगतै प्रतिवदेन तयारीका लागि खटिने कर्मचारी बाहेक अन्य कर्मचारीको काज विभिन्न चरणमा फिर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

बाजुराका निर्वाचित जनप्रतिनिधीद्धारा प्रमाणपत्र ग्रहण

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले नवनिर्वाचित सांसदहरुलाई आधिकारीक निर्वाचित प्रमाण पत्र हस्तान्त्रण गरेका हुन्।

डढेलधुराबाट मोटरसाईकलमा काठमाडौँ फर्किँदै सागर ढकाल

डडेलधुराबाट काठमाडौँको लागि यात्रा सुरु गरेको र ८ सय किलोमिटर पार गरेर बुधबार साँझसम्म आइपुग्नेसमेत उनले जनाएका छन्।

समानुपातिकतर्फको मतगणना सकियोः सिट संख्या टुंगो लगाउन बाँकी

प्रत्यक्ष तर्फ सबै दल र स्वतन्त्र गरी १६५ क्षेत्रकै निर्वाचीत उम्मेदवारको नाम सार्वजनिक भई सके पनि समानुपातिक तर्फ दलले प्राप्त गरेको मतलाई हिसाव गरेर अन्तिम टुंगो लगाउन बाँकी रहेको जानकारी पनि प्रवक्ता शालिग्राम पौडेलले जानकारी गराउनु भयो ।

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ।

सरकार गठनका ६ विकल्प

कुनै दलले बहुमत ल्याउन नसकेकाले संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार गठनको बाटो बन्द भएको छ । अब धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नुपर्छ। धारा ७६ (२) अनुसार पनि कुनकुन दल मिलेर सरकार गठन हुन्छ भन्ने स्पष्ट चित्र देखिएको छैन।

कांग्रेस नेतृत्वको गठबन्धनमा गडबडी दाहाल ‘मिसन प्रधानमन्त्री’

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आलोपालो सरकारको नेतृत्व गर्नेगरी पहिलो साढे दुई वर्षका लागि प्रधानमन्त्री दाबी गरेका छन्। नेकपा एसले सकेसम्म राष्ट्रपति, त्यो नभए सभामुख दाबी गर्ने भएको छ। माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला गरी कसरी पार्टी अध्यक्ष दाहाल प्रधानमन्त्री बन्न सक्छन् भन्नेतर्फ ध्यान केन्द्रित गर्न थालेको छ।

उत्साहहीन निर्वाचनका सन्देश

कांग्रेसले अहिले पाएको सिट र मत संख्या पनि लोकतान्त्रिक मतदाता विकल्पहीन बनेकाले हो। भरपर्दो विकल्प प्रस्तुत भएको भए कांग्रेस अहिलेको भारतीय कांग्रेस जस्तै हालतमा पुग्ने थियो।

निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहीता जारी रहन्छः निर्वाचन आयोग

निर्वाचन आयोगले पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहीता लागू हुने बताएको छ।

जुम्लामा १० जना उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा जुम्लामा १३ जना प्रतिस्पर्धी रहेकोमा अहिलेसम्म १० जनाले मात्र निर्वाचनको खर्च विवरण बुझाएका छन्।

सामुदायिक रेडियोहरुको भविष्य सुनिश्चित गर्न विज्ञापन बजार बिस्तार हुनुपर्छः प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरुको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार बिस्तार हुनुपर्ने बताएका छन्।

आमनिर्वाचनपछिको प्रतिनिधिसभा

सरकार विघटन भैरहने स्थिति रहिरह्यो भने त्यसले देश र जनता कसैको पनि भलाइ गर्दैन। सबैतिर अस्थिरता बढ्दै जानेछ। यस स्थितिमा भरपर्दा, महत्वपूर्ण र दीर्घकालीन कार्यहरू कार्यान्वयन हुन सक्ने छैनन्। यसप्रति सबैले समयमा नै सचेत हुन आवश्यक छ।

जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए

जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले) का सात, नेकपा (माओवादी केन्द्र)का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि पराजित हुनु परेको ।

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ।

सातै प्रदेशमा फेरि पनि मिलीजुली सरकार

समानुपातिक र प्रत्यक्ष निर्वाचनतर्फको घोषित नतिजाले कुनै पनि प्रदेशमा एउटै दलको बहुमतको सरकार बन्ने अवस्था छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्