१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सामुदायिक रेडियोहरुको भविष्य सुनिश्चित गर्न विज्ञापन बजार बिस्तार हुनुपर्छः प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरुको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार बिस्तार हुनुपर्ने बताएका छन्।

आइतबार नेपाल एफ. एम. नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरुको वृद्धि सँगसँगै विज्ञापन बजारको पनि बिस्तार हुनुपर्ने बताएका हुन्।

उनले विज्ञापनको दृष्टिकोणबाट सामुदायिक रेडियोलाई हेर्दा अवस्था भयावह देखिएको बताए। उनले हालको अवस्थामा रेडियोलाई टिकाउनका लागि २०० प्रतिशतसम्म विज्ञापन वृद्धि हुनुपर्ने बताए।

आयुक्त थपलियाले सामुदायिक रेडियोहरु मर्जरमा नगएमा भविष्य नै अन्योलमा रहेको समेत उनले उल्लेख गरे। उनले गाउँ गाउँमा रेडियो पुगेको भएपनि रेडियोले उत्पादन गर्ने विषयवस्तु भने एउटै हुने गरेको बताए।  

प्रकाशित: १८ मंसिर २०७९ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App