coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जुम्लामा १० जना उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा जुम्लामा १३ जना प्रतिस्पर्धी रहेकोमा अहिलेसम्म १० जनाले मात्र निर्वाचनको खर्च विवरण बुझाएका छन्।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अविनन्द्र चौलागाईका अनुसार आइतबारसम्ममा प्रतिनिधिसभा तर्फका सत्ता गठबन्धनका साझा नेकपा माओवादी केन्द्रका गोमा कुवर (गौतम),राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही,नेमकिपाका डिल्ली प्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाले मात्र निर्वाचन खर्च विवरण बुझाएका हुन्।

स्वतन्त्र उम्मेदवार रोकाया माओवादी निकटतमका हुन् भने प्रदेशसभा (क) तर्फ सत्ता गठबन्धनका साझा नेपाली काङ्ग्रेसका उम्मेदवार ललितजंग शाही,नेमकिपाका राजेश्वर देवकोटा र स्वतन्त्र उम्मेदवार देवेन्द्र बहादुर शाहीले निर्वाचनको खर्च विवरण बुझाएका हुन्।

स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही काङ्ग्रेस निकटतम हुन्। प्रदेशसभा (ख) तर्फ नेमकिपाका विर्खबहादुर रावत,स्वतन्त्रका धनबहादुर बस्नेत र नेकपा एमालेका टेकराज पछाईले बुझाएका निर्वाचनको खर्च विवरण बुझाएको निमित्त निर्वाचन अधिकारी तथा सूचना अधिकारी अविनन्द्र चौलागाईले बताए। स्वतन्त्रका धनबहादुर बस्नेत पनि काङ्ग्रेस नजिकै हुन्।

चौलागाईका अनुसार प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार रतननाथ योगी नबुझाएका छैनन्,भने प्रदेशसभा (क) तर्फ पनि एमालेका उम्मेदवार धिरेन्द्रराज गिरीले बुझाएका छैनन्। यस्तै प्रदेशसभा (ख) तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा समाजवादी पार्टीका नेता पदमबहादुर रोकायाले पनि निर्वाचन खर्च बुझाएका छैनन्।  

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को ८० को उपदफा (२) र (३) मा निर्वाचन खर्च विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ। जस अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिन भित्र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को अनुसूची ४० बमोजिमको ढाँचामा खर्च विवरण पेश गर्नुपर्ने हुन्छ।

निर्वाचनको खर्च विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम,मतदाता नामावली खरिद,सवारी साधन,प्रचारप्रसार सामग्री ढुवानी,अन्तरक्रिया,अन्य प्रचारप्रसार,छापा एवम् बिद्युतीय माध्यम९सामाजिक सञ्जाल समेत०,कार्यालय सञ्चालन,प्रतिनिधि परिचालन लगायतको बिषयको खर्च विवरण बुझाउनुपर्ने हुन्छ।  

उम्मेदवारले निर्वाचन खर्च गर्दा प्रयोग गरेको बैंक खाता विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम समेत खर्च विवरणमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ। जुम्लाको हकमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नेले अधिकतम् ३१ लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था रहेको छ।

यस्तै प्रदेशसभा (क) का लागि २३ रुपैयाँ अधिकतम् निर्वाचन खर्च तोकिएको थियो। यहाँको प्रदेशसभा (ख) लाई  १९ लाख खर्च गर्न पाउने सीमा निर्धारण भएको देखिएको छ।  जुम्लाको कुल मतदाता संख्या ६८ हजार ६ सय ३८ थियो।जसमा प्रदेश (क) मा ३६ हजार ७ सय ८३ र प्रदेश (ख) मा ३१ हजार ८ सय ५५ थियो।

प्रकाशित: १८ मंसिर २०७९ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App