coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

समानुपातिकतर्फको मतगणना सकियोः सिट संख्या टुंगो लगाउन बाँकी

मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन अन्र्तगत समानुपालितक तर्फको मतगणना पनि सम्पन्न भएको छ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले  प्रतिनिधीसभा र प्रदेश सभा अन्र्तगत प्रत्यक्ष र समानुपातिक दुवैको मतगणना सम्पन्न गरेर आयोगको वेबसाइटमा राखिएको जानकारी दिएका छन। प्रत्यक्ष तर्फ सबै दल र स्वतन्त्र गरी १६५ क्षेत्रकै निर्वाचीत उम्मेदवारको नाम सार्वजनिक भई सके पनि समानुपातिक तर्फ दलले प्राप्त गरेको मतलाई हिसाव गरेर अन्तिम टुंगो लगाउन बाँकी रहेको जानकारी  प्रवक्ता शालिग्राम पौडेलले जानकारी गराए।  

आयोगको  वेबसाइटको तथ्याक अनुसार समानुुपातिक तर्फ कुल एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ।  २८ लाख ४५ हजार ६४१ मत पाएर  नेकपा एमाले समानुपातिक तर्फ पहिलो दल बन्न सफल भएको छ। त्यसैगरी नेपाली कांग्रेस २७ लाख १५ हजार २२५ मतका साथ दोश्रो  र नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४ मत पाएर समानुपातिक तर्फ तेश्रो दल बनेको छ।

चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ। जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ। जनमत पार्टीले तीन लाख ९४ हजार ५६६ मत पाएको छ।  

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ। नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ मत पाएको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ। बाँकी दलले एकलाख भन्दा कम मत पाएका छन्। कम्तीमा ३ लाख १६ हजार  ८०२ प्राप्त गर्न नसक्ने दलले समानुपातिक तर्फ कुनै सिट पाउने छैनन।  

कुल सदर मतको तीन प्रतिसत थ्रेसहोल्ड मत प्राप्त गर्न सकेका दल मात्र राष्ट्रिय पार्टी हुनेछन। प्राप्त मत संख्याका आधारमा सात दलले राष्ट्रिय पार्टीको मान्यता पाउने देखिन्छ। यस अघि प्रत्यक्ष तर्फ नेपाली कांग्रेस ५७ सिट जित्दै पहिलो दल बनिसकेको छ। एमालेले ४४, माओबादी केन्द्रले १८ , नेकपा (एकीकृत समाजवादी)ले १० राष्ट्रिय स्वतन्त्र पाटी,  राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले  ७—७ सिट जितेका छन। लोकतान्त्रीक समाजबादी पार्टीले ४, नागरिक उन्मुक्ती पार्टीले ३  तथा जनमत पार्टी, मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले  १ —१ सिट जितेका छन। त्यसैगरी ५ जना स्वतन्त्रले प्रत्यक्ष तर्फको चुनाव जितेका छन। 

प्रकाशित: २० मंसिर २०७९ १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App