५ आश्विन २०८१ शनिबार
image/svg+xml

सकियो सम्झौता, सकिएन काम

मोहना–अत्तरिया ६ लेन सडकखण्ड निर्माणको अवधि सकिएको तीन महिना बितिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन। समयमै निर्माणकार्य पूरा नभएपछि म्याद थप्ने कि नथप्ने भन्ने अन्योलमै छ आयोजना। सडक निर्माणको ठेक्का पाएका व्यवसायीले डेढ वर्षको समय थप गर्न माग गरे पनि थपेको समयमा आयोजना सम्पन्न हुने आधार नभएको भन्दै समय थप्न सडक विभागले नमान्दा समयावधि थप्ने अन्योल बढेको हो।

माथिल्लो कर्णाली परियोजनासम्बन्धी सम्झौता खारेज गर्न माग

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले माथिल्लो कर्णाली परियोजना सम्बन्धी सम्झौता खारेज गर्न माग गरेको छ।

विगतका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबीच विगतमा भएका सम्झौता प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको छ। चीन र नेपालबीच बिआरआईअन्तर्गत विभिन्न महत्वपूर्ण सम्झौता भए पनि कार्यान्वनको अवस्था भने सन्तोषजनक देखिँदैन।

बिपी र त्रिपक्षीय सम्झौता

बिपी कोइरालाले सन् १९७६ को जनवरीमा नयाँ दिल्लीस्थित नेहरु स्मारक पुस्तकालयका प्रमुख डा. हरिदेव शर्मालाई अन्तर्वार्तामाभन्नुभएको थियो– दिल्ली सम्झौता वार्तामा राणा पक्षका विजयशमशेर जस्ता केही व्यक्ति थिए भने काँग्रेस पक्षबाट सुवर्णशमशेर,मातृकाप्रसाद कोइराला, मलगायत थियौँं। राजा र राणाका प्रतिनिधिले पनि नेहरुलाई छुट्टाछुट्टै भेटे।

भारतसँगको बिप्पा सम्झौतालाई सर्वोच्चको वैधानिकता

नेपालमा कुनै राजनीतिक सहमति भारतमा गएर तत्कालीन प्रधानमन्त्री भट्टराईले बिप्पा सम्झौता गरेपछि त्यो सम्झौताको देशभित्र व्यापक विरोध भएको थियो।

जापान र अमेरिकाबीच व्यापार सम्झौता

जापान र संयुक्त राज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ। विश्वका प्रमुख औद्योगिक राष्ट्रको समूह (जी–७)को बैठकमा दुवै देशका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको छ।

विद्यार्थीको लागि इन्टर्नशिप सम्झौता

काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेनेजमेन्टले विभिन्न कम्पनीहरुसँग विद्यार्थीहरुका लागि रोजगारी तथा इन्टनशिप सम्बन्धि सम्झौता गरेको छ।

विलियम्सको नौ वर्षे सम्झौता

स्पेनिस ला लिगा क्लब एथ्लेटिक बिलबाओका स्ट्राइकर इनाकी विलियम्सले क्लबसँगको सम्झौता ९ वर्ष थप गरेका छन् । २५ वर्षे विलियम्सले क्लबसँगको सम्झौता सन् २०२८ सम्मका लागि लम्ब्याएका हुन् । साथै क्लबले उनको फुकुवा रकम १ सय २५ मिलियन डलर तोकेको छ ।

ह्वासिनको जग्गा सम्झौता तोड्न निर्देशन

चिनियाँ लगानीको ह्वासिन सिमेन्ट उद्योगलाई स्थानीय तहले उपलब्ध गराएको जग्गाको सम्झौता तोड्न संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ।

भुक्तानी माग्दै अदालतमा रिट

पप्पु/मल्ल जेभी निर्माण सेवाले सडक डिभिजन कार्यालय सुर्खेत र नेपाल बंगलादेश बैंकको नेपालगन्ज शाखालाई विपक्षी बनाइ उच्च अदालत सुर्खेतमा रिट दायर गरेको छ। उक्त निर्माण कम्पनीले सम्झौता हुँदा लिएको रकम फिर्ता नलिन र सम्झौता नतोड्न भन्दै उच्च अदालतमा रिट दायर गरेको हो।

खाता सक्रिय गरी अनुदान रकम लिन लाभग्राहीलाई आग्रह

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेकोका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सुचारु गर्न अनुरोध गरेको छ।

पाकिस्तानले आर्थरसँगको सम्झौता नवीकरण नगर्ने

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले मुख्य प्रशिक्षक मिकी आर्थरसँगको सम्झौता नवीकरण नगर्ने भएको छ । सन् २०१६ मेमा पाकिस्तानको प्रशिक्षण सम्हालेका ५१ वर्षे दक्षिण अफ्रिकी प्रशिक्षक आर्थरले टोलीलाई २०१७ को च्याम्पियन्स ट्रफी जिताएका थिए । हालै इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपमा टोलीलाई सेमिफाइनल प्रवेश गराउन नसकेपछि पिसिबी आर्थरसँगको सम्झौता अघि नबढाउने पक्षमा रहेको छ । उनीसँगै बलिङ प्रशिक्षक अजहर महमुद, ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावोर र ट्रेनर ग्रान्ट लुडेनसँग पनि पिसिबीको सम्झौता समाप्त हुनेछ ।

एन्फा र गोनपाबीच प्रशिक्षण केन्द्र निर्माणको सम्झौता

गोरखा नगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच खेलकुद प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको छ। जिल्ला फुटबल संघ गोरखाको समन्वयमा सदरमुकाममा बुधवार नगरप्रमुख राजनराज पन्त र एन्फा केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पाबीच सम्झौता भएको हो।

मोनोरेल बनाउन ४.५ अर्ब डलरमा सम्झौता

यी मोनोरेलबाट प्रतिघण्टा करिब ४५ हजार यात्रुलाई गन्तव्यसम्म पु-याउने सकिने कम्पनीले जनाएको छ।

बिपी र त्रिपक्षीय सम्झौता

जननायक बिपी कोइरालाको राजनीतिक जीवनको प्रारम्भ भारतीय स्वतन्त्रता आन्दोलनबाट भएको थियो। बिपी भारतको प्रसिद्ध वनारस हिन्दु विश्वविद्यालयमा अध्ययनरत रहँदा नै अंग्रेजविरुद्ध भारतभर आन्दोलन चरम उत्कर्षमा पुग्न लागेको थियो। सर्वप्रथम बिपी महात्मा गान्धीद्वारा चलाइएको विदेशी वस्त्र बहिष्कार आन्दोलनमा सन् १९२० मा पक्राउ परी थुनिनुभएको थियो। त्यहाँबाट छुटेपछि पनि गान्धी तथा अन्य नेताद्वारा चलाइएको सत्याग्रह जस्ता आन्दोलनमा सहभागी हुँदा पटकपटक प्रहरी हिरासतमा पर्नुभयो। यसरी भारतीय नेताहरूसँगै स्वतन्त्रता आन्दोलनमा लाग्नुभएका बिपीको लोकप्रियता र ख्याति देशव्यापीरूपमा हुन थाल्यो। त्यसपछि उहाँको सम्पर्क सन् १९३४ तिर भारतका प्रसिद्ध समाजवादी (सोसलिस्ट) नेता आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, डा.राजेन्द्र प्रसाद तथा जवाहरलाल नेहरुसित हुन गयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्