२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

'बेलायतमा अभिव्यक्ति स्वतन्त्रताको पाठ सिकाउने प्रधानमन्त्रीले नेपालमा प्रनेश गौतमलाई थुन्न मिल्छ?'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन आव्हान गरेका छन्।

फुकुयामाको ‘पहिचान’ र ‘अन्तिम मानिस’

सन् १९९८ मा भारत र पाकिस्तानको आणविक बम परीक्षणपछि बुकर विजेता लेखिका अरून्धती रोयले एउटा रोचक लेख ‘द एन्ड अफ इम्याजिनेसन’ लेखिन्। उक्त आणविक परीक्षणलाई लिएर हिन्दूस्तान र पाकिस्तानका सडक पेटीमा मानिस भने पटाका पड्काउँदै र मिठाई बाँड्दै हर्षोल्लास मनाइरहेका थिए। रोय भने त्यसै घटनालाई ‘कल्पनाको अन्त्य’ भन्दै केही मानिस जम्मा पारी नयाँ दिल्लीको एउटा आडिटोरियममा त्यसैविरुद्ध भाषण गर्दै थिइन्।

पोटरी स्क्वायरको पहिचान मेटिँदै

कुनै बेला पोटरी स्क्वायरमा कुमाले समुदायका मानिसले माटोका भाँडा बनारहेका देखिन्थे। जताततै माटोका भाँडा राखिएका हुन्थे। तर, आजभोलि यस्तो दृश्य देखिँदैन।

अतिक्रमित सार्वजनिक जग्गा एक वर्षभित्र हटाउने निर्णय

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको अध्यक्षतामा भएको सरकारी स्वामित्वमा रहेका सार्वजनिक जग्गा संरक्षणसम्बन्धी सर्वपक्षीय बैठकले नगरपालिका र गाउँपालिकाभित्रका सार्वजनिक जग्गाको संरक्षरण र अतिक्रमण हटाउने कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो ।

‘गुम्बाको गाउँ’ पहिचान संकटमा

२०७२ वैशाख १२ गतेको भूकम्पले पर्यटकीय गाउँ हेलम्बुको मेलम्ची घ्याङस्थित झन्डै पाँच सय वर्ष पुरानो डुक्फुक ङिन्धा राङ्जेन गुम्बा भत्काएको आज ठीक चार वर्ष पूरा हुँदै छ। तर त्यस गुम्बाको ध्यान–साधनास्थल पुनर्निर्माण हुन सकेको छैन। पुनर्निर्माणका लागि सरकारको मुख ताकेर बसेका स्थानीय अहिले गुम्बानजिकै टाँसिएको सार्वजनिक सूचना देखेर अवाक् भएका छन्। सो सूचनामा गुम्बा पुनर्निर्माण अघि बढाउन मेलम्ची घ्याङ गाउँ सुधार समितिले सहयोगको अपिल गरेको छ।

तीन महिला, ५० ब्राह्मण-क्षत्री : नेकपामा पुरुषवाद हाबी

नेकपाले सार्वजनिक गरेको सबै जिल्लाका अध्यक्ष र सचिवको सूची हेर्दा उक्त पार्टीमा पुरूष र ब्राह्मण-क्षत्रीकै वर्चस्व देखिन्छ। ७७ वटा जिल्लाका अध्यक्षमध्ये जम्मा तीनजनामात्र महिला छन्।

एकतामा पूर्वमाओवादीबाट ब्राह्मण-क्षत्रीकै वर्चस्व, पुरुष नै हाबी

३३ अध्यक्षमध्ये जम्मा तीनजना महिला छन्। सुनसरीकी रामकुमारी चौधरी, लमजुङकी मधुमाया अधिकारी  र काभ्रेकी रूकु चौलागाईले नेकपाको जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन्।

समृद्ध घरको पहिचानः मोडुलर किचन

भाँडोको विकाससँगै चुलोको पनि विकास भएको हो। सुरुमा चुल्ढुंगामाथि राखेर खानेकुरा पकाएर खाइन्थ्यो। त्यसपछि फलामको ओदानको प्रयोग हुन थाल्यो। मट्टितेलको विकाससँगै स्टोभमा खाना पकाउने चलन आयो। स्टोभ चुलोको सँगसँगै पकाउने मानिसलाई पनि सजिलो होस् भन्ने हेतुले किचन र्याक तथा स्ल्याब ढलानको विकास भयो।

मौलिकता नरहे पहिचान गुम्न सक्छ : उपराष्ट्रपति पुन

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिकता नरहे पहिचान गुम्न सक्ने खतरा रहेको बताएका छन्।

शेर्पाको नालीबेली

सेर्कु शेर्पाले आफ्नो संस्कृति चिनाउने पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ लेखेका छन्।  उनले पुस्तकमा शेर्पा जातिको भाषा, संस्कार, संस्कृति, परम्परागत मान्यतालाई सरल ढंगले पस्किएका छन्।

१२ वर्षमा पनि निस्केन निकास

अधिकार र पहिचानका मुद्दा उठाउँदै २०६३ सालयता मधेसले तीन चरणका आन्दोलन गरिसकेको छ। यस क्रममा मधेसले थुप्रै मानिस गुमायो, ठूलो भौतिक र मानवीय क्षति बेहो-यो। थुप्रै उपलब्धि पनि हासिल भए। मधेस विद्रोहको पहिलो दिन २०६३ माघ ५ मा लहानमा रमेश महतो मारिए। त्यसयता मधेसमा भएका आन्दोलनमा डेढ सयजनाले ज्यान गुमाएका छन्।

‘तेस्रोलिंगीको पहिचान हुनुपर्छ’

‘म तपाईंहरूकै छोरी, दिदीबहिनी हुँ। म यसरी नै बाँच्न चाहन्छुु’, तेस्रोलिंगी भूमिका श्रेष्ठले यसो भनिरहँदा उनकी आमा नुमाया श्रेष्ठका आँखा अनायासै रसाए। पुरुष अस्तित्वबाट नारी अस्तित्वमा रूपान्तरण हुँदाको संघर्षका दिनमा एक अभियन्ता, मोडल, मिस पिंक अनि नायिका हुँदै आत्मकथाको लेखक बनेकी भुमिकाको छलाङ्को खुशी नुमायाको आँखामा प्रष्ट देखिन्थ्यो। छोरा कैलाश जन्मिदा उनले त्यही छोरा भूमिकाका रूपमा आफ्नो पहिचान बनाउनेछिन् भन्ने नुमायाले सोचेकी पनि थिइनन्।

पुनरागमनको बाटोमा साँखुको पहिचान

‘हामी विकास निर्माणको काम तीव्र गतिमा अघि बढाइरहेका छौँ,’ स्थानीय तहका सबै प्रमुखले भन्ने गरेका ‘रेडिमेड’ जवाफ हो यो। काठमाडाैंको पूर्वोत्तरस्थित शंखरापुर नगरपालिकाका मेयरको दाबी पनि यस्तै छ। हो पनि, यो नगरपालिका विकासको यात्रामा लम्किरहेको देखिन्छ। तर, अरु नगरपालिकाभन्दा पृथक बाटोमा।

पहिचानमै अल्झिएको मधेसवाद

तराई/मधेसका ८ जिल्ला समेटिएको प्रदेश २ मा जन्मिएका हजार शिशुमध्ये ५८ जनाभन्दा बढी पाँच वर्ष पूरा नगर्दै मर्ने गरेका छन्। राष्ट्रियस्तरमा भने बाल मृत्युदर ४ दशमलव ८ प्रतिशत रहेको तथ्यांकले देखाउँछ। मुलुकमै सबैभन्दा कम साक्षरता दर भएको प्रदेश–२ नै हो।

पीडाले विह्वल निर्मला पन्तका बुवा यज्ञराज(भिडियाे)

१३ वर्षीया छोरी निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधीको पहिचान र कारबाहीको माग गर्दै धर्नामा रहेका बुवा यज्ञराज पन्तको मानसिक अवस्थासमेत विछिप्त बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्