६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अतिक्रमित सार्वजनिक जग्गा एक वर्षभित्र हटाउने निर्णय

नुवाकाेट - जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाभित्रका अतिक्रमण सार्वजनिक जग्गा एक वर्षभित्र हटाई जग्गाको संरक्षण गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको अध्यक्षतामा भएको सरकारी स्वामित्वमा रहेका सार्वजनिक जग्गा संरक्षणसम्बन्धी सर्वपक्षीय बैठकले नगरपालिका र गाउँपालिकाभित्रका सार्वजनिक जग्गाको संरक्षरण र अतिक्रमण हटाउने कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो ।

बैठकले जिल्लामा गाउँपालिकाभित्रका सार्वजनिक जग्गाको पहिचान गरी विवरण सङ्कलन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा रहेको समितिलाई सक्रिय बनाई काम गर्ने निर्णय गरिएको प्रजिअ थापाले बताए।

समितिलाई सूचना उपलब्ध गराउन प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा कार्यादल गठन गरी वडागत विवरण संकलन गर्ने तथा कामको प्रगतिबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई जानकारी गराउनुपर्ने निर्णय गरिएको छ।

बैठकमा डिभिजन वन कार्यालय, सडक डिभिजन तथा सडक आयोजनामा विद्युत् आयोजना, विद्यालयको जग्गा अतिक्रमण भएको भए हटाउन पहल गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए।

जिल्ला मालपोत कार्यालयका प्रमुख बुद्धीलाल श्रेष्ठले २०६४ को तथ्यांकअनुसार जिल्लामा ४ लाख ७४ हजार ४ सय रोपनी सरकारी जग्गा रहेको बताए। रासस

प्रकाशित: २५ वैशाख २०७६ १५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App