२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तीन दलका शीर्ष नेता आआफ्नै अडानमा

प्रधानमन्त्री देउवाले एमसिसी मुलुकको आर्थिक विकासका लागि सहयोगी रहेको भन्दै संघीय संसद्को चालु अधिवेशनबाट त्यसलाई अनुमोदन गर्न एमाले र माओवादीका शीर्ष नेताहरूसँग सहयोग मागेका छन्।

एमसिसीको पत्रसँगै दोहोरो चरित्र प्रकट

देउवा र दाहालले लेखेको पत्रका आधारमा यही फागुन १६ अर्थात् फेब्रुअरी २८ भित्र नेपालले एमसिसीबारे निर्णय गर्नुपर्ने आग्रहसहितको जवाफ पनि एमसिसी मुख्यालयबाट प्राप्त भइसकेको छ। एमसिसी मुख्यालयले यही माघ २० (फेब्रुअरी ३) मा पठाएको पत्रमा नेताद्वयले माग गरेअनुसार समय दिइएको मात्र छैन, नेपालले निर्णय नगर्ने हो भने यो सम्झौताबाट अलग हुने प्रस्ट सन्देशसमेत छ।

आज कांग्रेस केन्द्रीय समिति बैठक

कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी पदेन सदस्य रहने व्यवस्था छ। पार्टी प्रवक्ता र संसदीय दलको नेता पनि केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुने व्यवथा छ।

सभापति देउवाविरुद्ध संघर्ष गर्ने नेता कोइरालाको चेतावनी

‘पार्टी सभापति शेरबहादुर देउवा विधि र विधान अनुसार अघि बढेमा सहकार्य हुनेछ, त्यसो नभएको खण्डमा संघर्ष हुनेछ,’ सोमबार मोरङ सुन्दरहरैँचाको दुलारीमा आयोजित कार्यक्रममा नेता कोइरालाले भने।

कांग्रेसले अधिवेशनमा पूर्ण लोकतान्त्रिक अभ्यास गर्‍योः प्रदेश सभापति पुन

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफू स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्ने बताएका छन्।

पार्टी महाधिवेशन, नेतृत्व चयन र राजनीति

देउवाको अलोकप्रिय अनुहार लिएर जनतामा जाँदा काँग्रेस फेरि पराजित भयो भने देउवालाई सभापति बनाउने कार्यकर्ताहरू जिम्मेवारी र जवाफदेही लिन तयार छन्?

कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

देउवालाई अर्को अवसर

नेपाली कांग्रेसको सभापतिका रूपमा पहिलो कार्यकाल आन्तरिक किचलोमै गुजारेका शेरबहादुर देउवाले शनिबारबाट पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन्। अन्योल र अनिश्चयबीच मंसिर २४ गतेबाट सुरु भएको कांग्रेसको १४औं महाधिवेशनले देउवालाई पुनः सभापतिमा निर्वाचित गरेको हो। कांग्रेस निर्वाचन समितिबाट शनिबार प्रमाणपत्र लिएलगत्तै देउवाले केन्द्रीय समितिको बैठकमार्फत सभापतिका रूपमा दोस्रो कार्यकाल सुरु गरेका हुन्। पहिलो कार्यकालका रूपमा साढे पाँच वर्ष गुजारेका देउवाले पार्टी संगठन सुधारका लागि उल्लेख्य काम गर्न सकेनन्।

कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण यादव निर्वाचित

प्रदेश सभापतिमा निर्वाचित कृष्ण नेपाली कांग्रेस रौतहटका सभापति छन् भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रहेका छन्।

सभापति देउवाको दोस्रो इनिङ सुरु: उपसभापति गुरुङ

नव–निर्वाचित उपसभापति गुरुङले महाधिवेशनमा आफूहरुले ४० प्रतिशत मत प्राप्त गरेको भए पनि ६०–४० जसरी पहिलेको झैँ भाग खोज्न नजाने बताए।

'सभापति देउवामा आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबी छ'

पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भिड लागेको छ।

मतगणना थालिएको साढे ३ घण्टामा परिणाम आउने

कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन्। प्रारम्भिक हिसाब अनुसार कुल ४ हजार ५ सय ६३ मत खसेको छ।

कांग्रेस महाधिवेशन : ४ हजार ५६३ मत खसेको प्रारम्भिक हिसाब

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको मतदान सकिएको हो।कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन्।

कांग्रेस सभापतिको मतगणना जारी, देउवाको अग्रता कायमै

बिहान दुई हजार ६७६ मत गणना हुँदा सभापति देउवाले १२६५, सभापतिका अरु उम्मेदवारहरु क्रमशः डा.शेखर कोइरालाले ९८३, प्रकाशमान सिंहले २०३, विमलेन्द्र निधिले १६० र कल्याण गुरूङले १४ मत प्राप्त गरेकाे समितिले जनाएको छ।

को बन्लान् कांग्रेस महामन्त्री

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा पाँच नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्