६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

लुम्बिनी प्रदेश : सरकारको नेतृत्व आधा-आधा

प्रदेश प्रमुखको ‘नयाँ सरकार गठन आह्वान’ अनुसार विपक्षी गठबन्धनले संसदमा बहुमतको अंकगणित पुर्याएर आफूलाई ‘काबिल’ सत्ता नेतृत्वकर्ताको हकदारका रुपमा प्रस्तुत गर्ने छ।

लुम्बिनीमा मुख्यमन्त्रीको राजीनामा पत्र आएपछि विशेष अधिवेशन स्थगित

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन स्थगीत गरीएको छ। पोखरेलले विशेष अधिवेशन सुरु भएपछि बल्ल राजीनामा दिएका थिए।

मुख्यमन्त्री कप आयोजना गर्न प्रस्ताव

नेपाल क्रिकेट संघ (क्यान)ले पोखरामा मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश सरकारसँग प्रस्ताव गरेको छ । क्यानका पदाधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँगको भेटघाटमा मुख्यमन्त्री कपको प्रस्ताव गरेका हुन् ।

लुम्बिनीमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै

लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ। त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

वीपीको सिनेट बैठक बोलाउन प्रतिष्ठानमा पत्राचार

आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक डा.एस.पी.रिमाल भने मन्त्रालयले उपकुलपतिलाई सिनेट बैठक बोलाउन पत्राचार गर्नु नै आफूहरुसँगको सहमति विपरीत र कानुनी प्रक्रिया विपरीत भएको बताउँछन्।

वीपी प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने राज्यमन्त्री श्रेष्ठकाे प्रतिवद्धता

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्।

असोजसम्म १ करोड ५ लाख खोप उपलब्ध हुन्छः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा १ करोड ५ लाख खोप उपलब्ध हुने बताएका छन्।

सांसद वली भन्छिन्ः जबरजस्ती मुख्यमन्त्री निवासमा लगेर राखियो, शाैचालयको चप्पल लगाएर भागे

‘हामी पनि नेपालगञ्ज जाने हो संगै जाऔं भन्नु भयो। सांसद जस्तो व्यक्तिलाई मैले विश्वास गरेर गाडीमा बसें’, वलीले भनिन्। तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्ज जाने बाटो छोडेर गाडी बुटवलतर्फ मोडिएपछि बल्ल आफू आत्तिएको उनले बताइन्।

मुख्यमन्त्री र मन्त्रीबीच कार्य सम्पादन सम्झौता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री उषाकला राईबीच कार्य सम्पादन सम्झौता गरिएको छ। सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्रअन्तर्गत पर्ने कामकारबाहीलाई तोकिएको समयमा नै सम्पन्न गरी सामाजिक विकासका प्रादेशिक लक्ष्यहरू हासिल गर्ने योजनसाथ मंगलबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीबीचमा कार्यसम्पादन सम्झौता गरिएको हो।

पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताएका छन्।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी गठबन्धनले आज मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

सरकारी सेवासुविधा नलिने राज्यमन्त्री श्रेष्ठको घोषणा

राज्यमन्त्री श्रेष्ठले सोमबार मन्त्रालयका आफ्नो ‘सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिवद्धता र कार्ययोजना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुरक्षाकर्मीबाहेकका कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका हुन्।

व्यवसायी श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री

असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएलगत्तै कांग्रेस र माओवादी केन्द्रका दुई/दुई सांसदलाई मन्त्री बनाएका देउवाले सत्तारुढ गठबन्धनभित्रको आन्तरिक विवाद र आफ्नै पार्टी कांग्रेसभित्रको विवाद व्यवस्थापन तथा सरकारको न्यूनतम साझा कार्यक्रम तय भएपछि सरकारलाई पूर्णता दिने बताइएको थियो। तर, देउवाले आइतबार अचानक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैँमा रहनेगरी श्रेष्ठलाई राज्यमन्त्री बनाएका हुन्।

राज्यमन्त्री श्रेष्ठले लिए शपथ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्