१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनीमा मुख्यमन्त्रीको राजीनामा पत्र आएपछि विशेष अधिवेशन स्थगित

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन स्थगीत गरीएको छ। पोखरेलले विशेष अधिवेशन सुरु भएपछि बल्ल राजीनामा दिएका थिए। 

दिउँसो १ बजे बोलाइएको विशेष अधिवेशन सुरु भएर संसदमा पोखरेल बिरुद्धको अविश्वासको प्रस्ताव टेबुल भएको थियो।  १.१५ मा मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएका थिए। राजीनामाबारे समयमै सदनलाइ आधिकारिक जानकारी प्राप्त नभएपछि नेपाली काँग्रेस संसदिय दलका नेता विरेन्द्र कनौडीयाले अविश्वासको प्रस्ताव पेश गरे।  

जसपाका नेता सहसराम यादव, सांसदहरु कृष्णध्वज खड्का,दुर्गा पौडेल लगायतले अविश्वासको प्रस्तावका पक्षमा भनाइ राखे। दलका नेता तथा सांसदहरुले मुख्यमन्त्री पोखरेललको चर्को आलोचना पनि गरे। मुख्यमन्त्री सहित सत्तापक्ष सांसदले बैठक बहिष्कार गरेका थिए। 

सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीको जवाफकालागि प्रदेशसभा बैठक एक घण्टाकालागि स्थगित गरेका थिए। त्यसलगत्तै प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पत्र संसदलाइ प्राप्त भयो। त्यसपछि भने अधिवेशन स्थगित गरीएको हो। प्रदेश प्रमुखले नयाँ सरकारकालागि आह्वान गरेसंगै दलहरु अहिले दावी पेश गर्न जाने तयारीमा छन्।

प्रकाशित: २७ श्रावण २०७८ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App