२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकजुट हुनुपर्छः मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अवस्था परिवर्तनका लागि सबै राजनीति शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन्। सहिद दिवसका अवसरमा आज बिहान हेटौँडास्थित सहिद पार्कमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले नेपालमा राजनीति परिवर्तन भए पनि नेपालीको अवस्थामा परिवर्तन आउन नसकेको उल्लेख गर्दै अब नेपालीको अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए।  

मुख्यमन्त्री बानियाँले सहिदको बलिदानबाट प्राप्त भएको समावेशी लोकतान्त्रिक गणतन्त्रमाथि खतरा बढे्काले सबै नेपाली सचेत हुनुपर्ने बताए। नेपाली सहिद बनिरहनुपर्ने अवस्था आउन नदिन राजनीति शक्ति इमानदार हुनुपर्ने बताउँदै उनले नेपाललाई समृद्ध बनाउन सबै शक्ति एकताबद्ध हुनुपर्ने बताए। रासस

प्रकाशित: १६ माघ २०८२ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App