coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी गठबन्धनले आज मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। अविश्वासको प्रस्तावमा नेकपा (माओवादी केन्द्र)को संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरीएको छ।  

विपक्षी सांसदहरुले प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनलाई प्रस्ताव बुझाएका हुन्। अविश्वासको प्रस्ताव सचिवालयमा दर्ता भइसकेको सचिव पुनले जानकारी दिए।  

अविश्वासको प्रस्ताव दर्ता गराउन एक तिहाइ हस्ताक्षर हुनुपर्ने भएकाले ३४ जना सांसदको हस्ताक्षरसहित पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरीएको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले बताए। 

यसअघि गत वैशाख ६ गते पनि विपक्षी गठबन्धनले पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए। तर मुख्यमन्त्री पोखरेलले त्यसलाई सदनमा प्रवेश नै गर्न नदिइ वैशाख १९ मा सरकारबाट राजीनामा र पुनः नयुक्ति लिएका थिए।  

विपक्षी गठबन्धमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र),जसपा र राष्ट्रिय जनमोर्चा छन्।

विशेष अधिवेशन गर्न प्रदेश प्रमुखसमक्ष माग

अविश्वासको प्रस्ताव दर्ता संगै विपक्षी गठबन्धले आजै प्रदेश प्रमुख समक्ष समादेसन गरेका छन्। विपक्षीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग गरेका हुन्। 

विपक्षी गठबन्धनका सांसदहरुले मुख्यमन्त्री पोखरेललाई प्रदेशसभाका बहुमत सदस्यको समर्थन नरहेको भन्दै अविश्वासको प्रस्तावमाथि छलफलको माग गरेका हुन्।

प्रकाशित: १९ श्रावण २०७८ ११:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App