‘अब त समुदायका प्रत्येक मान्छेको स्वाब परीक्षण गर्ने हो’
अहिले राज्य नै अन्योलमा छ। कोरोना भाइरस- डराउनुपर्ने खालको होइन, सामान्य रुघाखोकी लगाउने भाइरस हो भन्ने रूपमा लिइयो। लकडाउन/निषेधाज्ञा लगाइएको झन्डै ६ महिना हुन लागिसक्यो। जसका कारण काम/व्यवसाय गर्न नपाएर नागरिकले पेटभरि खान पनि पाएका छैनन्। अर्थतन्त्र ठप्प छ। सबैभन्दा बढी असर श्रमिक वर्गलाई परिरहेको छ। सरकारले एकातिर कोरोना भाइरसलाई सामान्य ठानिरहेको बुझिन्छ भने अर्कातिर यसलाई ठूलो महामारीका रूपमा लिएको पनि देखिन्छ।