५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुदूरपश्चिमको प्रवेशद्वारले मुहार फेर्दै

वर्षौंदेखि कुरूप अत्तरिया चोकले यसपटक मुहार फेर्न थालेको छ। सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको प्रवेश द्वार रहेको अत्तरिया चोक यसअघि दुर्घन्धित हुनुका साथै खाल्डा खुल्डीले कुरूप अत्तरिया अब भने ‘चिटिच्याट्ट’ हुने भएको छ।

सुदूरपश्चिममा बाढी र पहिरोले २ को मृत्यु १ बेपत्ता

असार महिना सुरु नहुँदै भएको लगातारको बर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ। १ जना वेपत्ता भएका छन् भने २ जना घाइते भएका छन्।

प्रदेश सरकारको बजेटमा ऊर्जाः लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्राथमिकता, प्रदेश २ मा शून्य

सुगमभन्दा भौगौलिक हिसाबले पछि परेका प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा ऊर्जालाई प्राथमिकता दिएको देखिएको छ। आगामी आर्थिक वर्षको बजेटमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले जलस्रोत तथा ऊर्जालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन्। तर प्रदेश २ सरकारको बजेटमा ऊर्जासम्बन्धी कुनै पनि कार्यक्रम छैन।

सुदूरपश्चिममा ३० अर्ब ३३ करोडको बजेट

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले आर्थिक वर्ष २०७८/०७९ का लागि मंगलबार प्रदेश सभाको बैठकमा ३०अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका छन् । यो बजेट गत चालु आर्थिक वर्षको भन्दा ३ अर्ब कम रहेको छ ।

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य र कृषि क्षेत्रमा प्राथमिकता

सुदूरपश्चिम प्रदेश प्रमुख गंगा प्रसाद यादवले सुदूरपश्चिम प्रदेश सरकारको तर्फवाट आर्थिक वर्ष २०७८/२०७९ को नीती तथा कार्यक्रम बिहीबार प्रदेश शभा बैठकमा प्रस्तुत गरेका छन् ।

सुदूरपश्चिममा एमालेको विवाद चर्कदैः ओली पक्षका ७ सांसदलाई स्पष्टीकरण

नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूले प्रदेश सरकारको मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको पक्ष र विपक्षमा मतदान गरेसँगै सुदूरपश्चिममा एमालेको विवाद चर्किएको छ। नेकपा एमालेको स्थायी कमिटीले प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्।

सुदूरपश्चिमः लोकतान्त्रिक प्रकिया मजबुत बनाउन आफूलाई मत दिन मुख्यमन्त्रीको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि गरिएको प्रदेश सभाको बैठक जारी छ। बैठकमा मुख्यमन्त्री भट्टले आफूलाई मत दिन आग्रह गर्दै विश्वासको मत दिन प्रस्ताव गरेका छन्।

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्रीद्वारा विश्वासको मत दिन प्रस्ताव

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई मत दिन आग्रहगर्दै विश्वासको मत दिन प्रस्ताव गरेका छन्।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिनु अघि एमाले र कांग्रेसको संसदीय दलको छुट्टाछुट्टै बैठक जारी

सुदूरपश्चिम प्रदेशमा अहिले नेकपा एमाले र नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ।

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मंगलबार) प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदै छन्।

सुदूरपश्चिम प्रदेशः मुख्यमन्त्रीका विपक्षमा मतदान गर्न एमालेको निर्देशन

नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ।

सुदूरप्रदेश संसदिय दलको प्रमुख सचेतकमा दुर्गा कामी

सुदूरपश्चिम प्रदेश सभा नेकपा एमाले संसदिय दलको प्रमुख सचेतकमा दुर्गा कामीलाई नियुक्त गरिएको छ। संसदिय दलका नेता प्रकाश बहादुर शाहले प्रमुख सचेतकमा कामी नियुक्त गरेको जानकारी शभामुखलाई दिएका छन्।

मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भोली मंगलवार प्रदेश शभा बैठकवाट बिश्वासको मत लिने भएका छन्। बिश्वासको मत लिने व्यवस्था मिलाई दिन भनेर मुख्यमन्त्री भट्टले शभामुखलाई लेखेको पत्र आईतवार साँझ प्रदेश शभा सचिवालयमा दर्ता भएको थियो।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले आज विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मङ्लबारका लागि सरेको नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्