coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्रीद्वारा विश्वासको मत दिन प्रस्ताव

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई मत दिन आग्रह गर्दै विश्वासको मत दिन प्रस्ताव गरेका छन्।

साेहीक्रममा उनले लोकतान्त्रिक प्रकिया मजबुत बनाउन सबैलाई सन्देश दिन आफूले विश्वासको मत दिन आगह्र गरे। जनताको पक्षमा सरकारले काम गरेको र अब परिणाम देखाउने गरि काम गर्ने उनले बताए।

'यो सरकारले सबै जनताको भावना अनुसार काम गरिरहेको छ, अगाडि पनि गर्ने छ', उनले भने, 'त्यसैले मलाई विश्वासको मत दिनुहुन अनुरोध गर्दछु।'  

यसैगरि एमाले संसदीय दलका प्रनुख सचेत दुर्गा कामिले छलफलमा भाग लिएर बोल्दै विश्वासको पक्षमा मतदान गर्ने बताएकी छन्।

नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ भने ओली पक्षले असहमत जनाएको छ।

यसैगरि नेपाली कांग्रेसले मुख्यमन्त्री भट्टले विश्वासको मत नपाउने अवस्था देखिएमा मात्र मत दिने नभए तटस्थ बस्ने निर्णय गरेको छ। विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ।  

५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्। एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन्।

प्रकाशित: २५ जेष्ठ २०७८ ०५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App