८ वैशाख २०८१ शनिबार
राजनीति

सुदूरपश्चिमः लोकतान्त्रिक प्रकिया मजबुत बनाउन आफूलाई मत दिन मुख्यमन्त्रीको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि गरिएको प्रदेश सभाको बैठक जारी छ। बैठकमा मुख्यमन्त्री भट्टले आफूलाई मत दिन आग्रह गर्दै विश्वासको मत दिन प्रस्ताव गरेका छन्।

मुख्यमन्त्री भट्टले लोकतान्त्रिक प्रकिया मजबुत बनाउन सबैलाई सन्देश दिन आफूले विश्वासको मत दिन उनले आगह्र गरेका छन्। जनताको पक्षमा सरकारले काम गरेको र अब परिणाम देखाउने गरि काम गर्ने उनले बताए।

बैठकमा बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गा कामिले विश्वासको पक्षमा मतदान गर्ने बताएकी छन्। यस्तै, माओवादी केन्द्रका संसदीय दलका सचेतक अक्कलबहादुर रावलले बैठकमा बोल्दै लोकतन्त्र, गणतन्त्र बलियो बनाउन सवै एकताबद्ध भएर विश्वासको मतको पक्षमा मतदान गर्नु आवश्यक भएको बताए।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोबिन्द बोहराले प्रदेश सरकारले जनताको पक्षमा गर्नु पर्नेजति गर्न नसकेको बताए। नेपाली कांग्रेसले विकासका काम गर्न बिगतमा रचनात्मक सुझाव सल्लाह दिएको उल्लेख गरे। भ्रष्टाचारबाट प्रदेश सरकारमुक्त हुनुपर्ने उनले बताए।

यसैगरि, जसपाका कृष्ण चौधरीले जनताले चाहेअनुसार शान्ति, समृद्धि र विकास हुन नसकेको बताए। कोभिड १९ परास्त गर्न सरकारले ध्यान दिनुको सट्टा पद र सत्ता जोगाउने खेलमा ब्यस्त रहेको उनले बताए। जसपा दललाई प्रदेश सरकारले बिभेदको ब्यवहार गरे। तीन वर्षमा काम गर्न नसक्ने सरकारले एक वर्षमा काम गर्छ भनेर बिश्वास गर्न नसकिने उल्लेख गर्दै विश्वासको पक्षमा मत दिन नसकिने बताए।

प्रकाशित: २५ जेष्ठ २०७८ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App