coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भोली मंगलवार प्रदेश शभा बैठकवाट बिश्वासको मत लिने भएका छन्। बिश्वासको मत लिने व्यवस्था मिलाई दिन भनेर मुख्यमन्त्री भट्टले शभामुखलाई लेखेको पत्र आईतवार साँझ प्रदेश शभा सचिवालयमा दर्ता भएको थियो। 

मुख्यमन्त्रीको पत्र दर्ता पछि मंगलवार बिहान ९ बजे मुख्यमन्त्रीको बिश्वास मत लिने प्रयोजनका लागी प्रदेश शभाको बैठक बोलाइएको प्रदेश शभा सचिवालयका सचिव रामसिंह धामीले बताएका छन्।  सर्वोच्व अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पार्टीलाई व्युताईदिएपछि सुदूरपश्चिम प्रदेश सरकार नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारमा परिणत भएका थियो। 

माधव खनाल पक्षको समर्थनका कारण १३ मात्र सासंद भएको माओवादी केन्द्रका मुख्यमन्त्री भट्टको नेतृत्वको सरकार अहिले सम्म टिकेको हो। गत जेठ १० गते एमाले स्थाई कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। 

नेकपा एमाले स्थाई कमिटीको बैठकलाई चुनौती दिदै जेठ १२ गते माधव खनाल पक्षको बाहुल्य रहेको सुदूरपश्चिम प्रदेश शभा नेकपा एमाले संसदिय दलको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने र मन्त्रीहरु सरकारवाट फिर्ता नभई सरकारमा थप प्रभावकारी भुमिका निर्वाह गर्ने निर्णय गर्‍यो। 

त्यसको दुईदिन पछि जेठ १४ गते एमालेका थप सासंद प्रदेश सरकारमा सहभागी भएका थिए। एमाले प्रदेश शभा संसदिय दलले २ मन्त्री फिर्ता वोलाएर ३ मन्त्री र ३ राज्यमन्त्री प्रदेश सरकारमा पठाएको थियो। ११ सदस्यिय मन्त्रिमण्डलमा मुख्यमन्त्री र दुई मन्त्री र एक राज्य मन्त्री गरि ४ माओवादी केन्द्र र ४ मन्त्री, ३ राज्य मन्त्री गरि ७ मन्त्री एमालेका छन्।

सुदूरपश्चिम प्रदेश शभामा नेकपा एमालेवाट २५ प्रदेश शभा सदस्य छन्। यि मध्य ९ जना सासंद ओली पक्षतिर खुलेका छन्। संसदिय दलका नेता र प्रमुख सचेतक माधव खनाल पक्षकै रहेका छन्। ५३ सदस्य रहेको प्रदेश शभामा नेकपा माओवादी केन्द्र वाट १३ सासंद रहेका छन्। ओली पक्षमा लागेकाले माओवादी केन्द्रवाट निर्वाचित झपट वोहरा सासंद छैनन्। नेपाली काग्रेसवाट १२ र जसपाका २ जना प्रदेश शभा सदस्य छन्। माधव खनाल पक्षका सासंदले समर्थन गरेर बिश्वासको पक्षमा मतदान गरेमा मुख्यमन्त्री बिश्वासको प्रस्ताव हुने सम्भावना छ।

प्रकाशित: २४ जेष्ठ २०७८ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App