४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुस्ताङमा हिमपात

गएरातिदेखि मुस्ताङमा हिमपात सुरु भएको छ। म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन्।

वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

हिमाली भू-भागका केहि स्थानमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदै प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

वर्षा र हिमपातले हिमाली जिल्लाको पर्यटन प्रभावित

लगातारको वर्षा र हिमपातले हिमाली जिल्लाको पर्यटन क्षेत्र प्रभावित भएको छ। हिमाली जिल्ला मनाङको माथिल्लो भेगमा पुगेका पर्यटक हिमपातका कारण गन्तव्यमा पुग्न पाएका छैनन्। अर्काे हिमाली जिल्ला मुस्ताङ घुम्न गएका पर्यटकले पनि स्थलमार्गमा निकै नै सकस खेप्नु परेको छ।

नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका छन्।

पश्चिमी वायुको प्रभाव केही स्थानमा वर्षा र हिमपातको सम्भावना

विभागका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावले बेलुकासम्म कायम रहने जानकारी दिए। उनका अनुसार मंङगलबारदेखि मौसम सफा हुनेछ। हाल देशका पश्चिमी पहाडी भूभागमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली छ।

ताप्लेजुङको विभिन्न स्थानमा हिमपात, जनजीवन प्रभावित

अहिले करिब एक फिटसम्म हिउँ जमेको छ।' सबैतिर सिसाजस्तै हिउँ जमेको शेर्पाले बताए। पानीका मुहान सबै जमेपछि खानेपानीसमेत समस्या परेको उनले बताए। उनले भने, 'चिसोका कारणले घर बाहिर निस्किनै सकिँदैन। घरभित्र आगो तापेर बस्नुपर्छ।' जनजीवन निकै प्रभावित भएको उनले बताए।

शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाभित्र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु/कुहिरो लाग्नसक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

हिमपातले मनाङमा सकस, मुस्ताङ सुक्खा

हिमपातले मनाङको जनजीवन कष्टपूर्ण बनेको छ। भारी हिमपातका कारण जनजीवन प्रभावित भएको मनाङ प्रशासनले जनाएको छ। हिमालपारिको जिल्ला मनाङमा भीषण हिमपात हुँदा सवारीसाधन चल्न सकेका छैनन् भने पैदलयात्रा पनि कठिनपूर्ण बनेको छ।

मनाङमा हिउँ हटाउन प्रहरी परिचालन (तस्बिर सहित)

हिमाली जिल्ला मनाङमा भीषण हिमपातले जनजीवन प्रभावित भएको छ । बाक्लो हिउँ जमेका कारण गाडी चल्न सकेका छैनन् भने पैदलयात्रा पनि कठिनपूर्ण बनेको छ ।

हिमपातपछि खप्तड क्षेत्र (फोटो फिचर)

स–साना थुम्कैथुम्का भएका पाटन । पाटनको भूइँमा सेतो गलैचा ओछ्याएझैं देखिने गरी भरिएको सेताम्य हिउँ । हो, त्यही मनै पगाल्ने मनोरम दृश्य भू–स्वर्गका रुपमा चिनिएको खप्तडको हो ।

खप्तडमा पनि हिमपात

ससाना थुम्का भएका पाटन । पाटनको भुइँमा सेतो गलैंचा ओछ्याएझैं सेताम्य हिउँ । प्राकृतिक हिमगलैंचा नजिकैको घना जंगलका रूखहरूसमेत सेताम्य हिउँले ढाकिँदा उसै त सुन्दर ठाउँ अझै आकर्षक बनेको छ । यो मनोरम दृश्य भू–स्वर्गका रूपमा चिनिने खप्तडको हो । बिहीबार रातिदेखि सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि खप्तड हिउँको घुम्टोले छोपिएको हो ।

कर्णालीको हिमाली क्षेत्र सेताम्मे

कर्णालीका हिमाली जिल्लामा बिहीबारदेखि हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण भएको हिमपातले यहाँको जनजीवन प्रभावित बनाएको छ । कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायत हिमाली जिल्लामा हिमपात भएको हो । हिमाली क्षेत्रबाहेक अन्यत्र भने वर्षा भएको छ । चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ ।

माथिल्लो भेगमा हिमपात, तल वर्षा (तस्बिर सहित)

पश्चिमी न्यून चाँपीय प्रणालिका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा शुक्रबार बिहानैदेखि वर्षा भएको छ । उच्च हिमाली भेगमा भने हिमपात भईरहेको छ ।

डोल्पामा पहिलो पटक हिमपात, जनजीवन कष्टकर

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा वर्षको पहिलो पटक हिमपात भएको छ। बिहीबार रातीबाट परेको अविरल वर्षाका कारण डोल्पामा हिमपात भएको हो। विगतका वर्षहरुमा मंसिरको पहिलो हप्तामै हिमपातले सेताम्य बन्ने डोल्पाका गाउँबस्ती र डाँडाकाडा पुस महिनामा समेत हिउँ नपरेर नाङ्गा र सुख्खा भएर उजाड देखिएका बेला माघको अन्त्यतीर परेको हिमपातले डाँडाकाडा सेताम्य भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्