१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

उक्त मौसमी प्रणालीको प्रभावले सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकाको आकाशमा बिहानैदेखि बदली छ। घाम राम्रो नखुलेका कारण उपत्यकामा बढी चिसो महसुस गरिएको छ। न्यूनतम तापक्रम स्थिर अर्थात् १० डिग्री सेल्सियस रहे पनि बदलीका कारण चिसो बढेको छ। पछिल्लो साता काठमाडौँको न्यूनतम तापक्रम छदेखि आठ डिग्री सेल्सियस हाराहारी थियो। आज काठमाडौँको न्यूनतम १० दशमलव आठ र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ।

महाशाखाका अनुसार दिउँसो सामान्यदेखि पूर्ण बदली रही सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको पहाडी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा पनि कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने छ। देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली, लुम्बिनी र बाग्मती  प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनका साथै देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ।

भोलि शनिबार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

मङ्सिर १९ गते आइतबार पनि सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: १७ मंसिर २०७८ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App