५ आश्विन २०८१ शनिबार
image/svg+xml

निषेधाज्ञामा महिला, बालबालिका हिंसाका ३७ घटना

कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन्। वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन्।

खोप नलिएका र बालबालिका तेस्रो लहरको जोखिममा

अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्। नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको तर्क छ।

फाइजरको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास

फाइजरको कोरोना भाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ।

विश्व रेडक्रस दिवस: रेडक्रसको काम पारदर्शी बनाउन जोड

कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री महतोले नेपाल रेडक्रसका स्वयंसेवकहरुले आधारभूत सिद्धान्त अनुरुप गतिविधि प्रतिविम्बित भए/नभएको समीक्षा गर्दै अगाडी बढनुपर्ने बताएकी हुन्।

नेपालगन्जमा कोरोना संक्रमण तीव्रः थप एक महिलाको मृत्यु, वयस्क र बालबालिका बढी जोखिममा

तीव्र रुपले कोरोना संक्रमण फैलिएको नेपालगन्जमा थप एक जनाको मृत्यु भएको छ। भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकी दाङ नारायणपुर–११ निवासी ३७ वर्षीया एक महिलाको मृत्यु भएको हो। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार राती साढे १ बजेतिर मृत्यु भएको हो।

म्यानमारको हिंसामा ५१ बालबालिका मारिएको राष्ट्रसंघको दाबी

आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीहरुले गरेको हिंसात्मक आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो, राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकले भने। नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार उनले अप्रिल १३ तारिखसम्मको विवरण प्रस्तुत गरेका थिए।

बालबालिकाको स्वाब निकाल्नै समस्या

‘बालबालिकामा कोरोनाका समान्य लक्षण देखिने भएकाले आमाबुवाले परीक्षण नै गराउँदैनन्,’ पौडेलले नागरिकसँग भने, ‘अर्को तर्फ बालबालिकाको स्वाब निकाल्न पनि समस्या छ। बालबालिका स्वाब निकाल्ने समयमा उपकरण देखेर डराउने, रुने, चिच्याउने, स्थिर नबस्ने भएकाले उनीहरूको स्वाब निकाल्न निकै मुस्किल परिरहेको छ।’

बालबालिकामा कोरोना संक्रमण बढ्यो

नेपालमा दोस्रो लहरको कोरोना संक्रमण फैलिसकेको र विद्यालयमा मापदण्ड पालना नहुँदा १० देखि १८ वर्षभित्रका बालबालिकामा संक्रमण तीव्र रूपमा फैलिइरहेको कान्ति बाल अस्पतालका निर्देशक डा.आरपी बिच्छाले बताए। उनका अनुसार हालसम्म कान्ति बाल अस्पतालमा मात्र कोरोना संक्रमणको कारण २२ जना भर्ना भइसकेका छन् भने।

अभिभावकविहीन बालबालिकाको कारुणिक कथा

पर्वतको जलजला गाउँपालिका–२ गौराटोलकी ईशा पाख्रिनकी आमा सपनाले सुटुक्क दोस्रो विवाह गरिन्। राति सँगै एउटै बिस्तारामा सुतेकी आमाले छोडेर गएको तीन वर्ष बितिसक्यो। आमाको काखमा गुटमुटिने ईशा जन्मदिने बुबालाई समेत चिन्दिनन्। ज्याला मजदुरीका लागि पूर्वी नेपालबाट आएका बुबाले आमालाई छोड्दा उनी १ वर्षकी थिइन्।

अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन्। स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन्।

विश्वमा प्रत्येक पाँचमध्ये एक बच्चा पानीको अभावको सामना गरिरहेको छः युनिसेफ

विश्वभर ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ। विश्वव्यापी प्रत्येक पाँच बालबालिकाहरूमध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्न पर्याप्त पानी नहुने गरेको तथ्याङ्कमा उल्लेख छ।

चिया बेचेर सहयोग जुटाउँदै विद्यार्थी

सशस्त्र द्वन्द्वका बेला तत्कालिन विद्रोही माओवादीले २०६० सालमा बसाएको इखेनी बस्तीका बालबालिकाका लागि विश्वविद्यालयका विद्यार्थीहरुले चिया र पकौडा विक्री गरेर सहयोग संकलन थालेका हुन् ।

पत्रकारको पुरस्कारबाट टुहुरा बालबालिकालाई शैक्षिक सामग्री

बाबुआमा गुमाएपछि अनाथ बनेका बालबच्चाको अवस्था दयनीय बनेको छ। बालबालिकाको पालन पोषण, शिक्षादिक्षा तथा संरक्षण गर्ने कोही अभिभावक नभएकाले दीर्घकालिन आवास र शिक्षादिक्षा व्यवस्थापनको लागि मानेभञ्ज्याङ गाउँपालिकाको सिफारिसको आधारमा ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी मनिता कार्कीले माघ १४ गते आवश्यक सहयोगका लागि सिफारिस दिइसकेका छन्।

विद्यार्थीलाई अध्यक्षको कोशेली

विद्यालय पोशाकमा एकरुपकता ल्याउन तथा गरिव र विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालयमा सहज पहुँच बढाउनका लागि अध्यक्ष कोशेली कार्यक्रम सुरु गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्