४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

समयमै उपचारले निको हुन्छ बालबालिकाको क्यान्सर

समयमै उपचारमा पुगेमा ९० प्रतिशत बालबालिकाको क्यान्सर निको हुन्छ। समयमै नपुगेको कारण हाल कान्ति बालमा उपचारमा पुगेका ७० प्रतिशत बालबालिकाको मात्र क्यान्सर निको हुने गरेको छ।

११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा

स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलो पटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु हुने भएको छ। अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो। अब सो अवस्थाको अन्त्य हुने भएको छ।

बालबालिकालाई मोडर्नाको दोस्रो मात्रा

स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान थालेको हो। प्रत्येक स्थानीय तहका विद्यालयमै र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राखिएको छ।

अभिभावकविहीनका अभिभावक मेयर दुर्गा

‘ममी बुवा हुनुहुन्न। आफन्तका केही दिन बसे एक छाक खान पनि मुस्किल थियो,’ पुलिस बन्ने सपना बोकेकी संझनाले नागरिकसँग भनिन्, ‘बाल संरक्षण केन्द्रमा आएपछि मैले आफूलाई सुरक्षित ठानेकी छु। पढाइ पनि अघि बढाएकी छु। साथीभाईको सहयोग र मेयर सरले दशैं, माघि लगाएतका सबे त्यौहार हामीसँगै मनाउनु हुन्छ। यसले हामीलाई सुरक्षित पारिवारिक वातावरणको अनुभव दिएको छ।’

महालक्ष्मी विकास बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संगमचोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्य सामग्री सहयोग गरेको छ।

पाल्पा सिमेन्टद्वारा बालबालिकाको उपचारमा सहयोग

पाल्पा सिमेन्ट प्रालिले सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराउने १८ वर्षमुनिका जलनपीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ।

कोरोनाकालमा कोचिङको कहर

बालबालिकालाई केका लागि र किन कोचिङ कक्षामा राखिएको हो भन्ने जानकारी नभए पनि सूचनामा बोल्ड गरिएका ठूला अक्षरमा आकर्षक खाजा र यातायातको व्यवस्था स्कुलले नै गर्ने कुराले भने एक किसिमको आकर्षण सिर्जना गरेको थियो।

सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँ: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताएका छन्।

वादी बालबालिका पढाइबाट वञ्चित

सुर्खेतको एक छात्रवासमा बस्दै आएका वादी समुदायका बालबालिका पढाइबाट वञ्चित भएका छन्। वादी सरोकार मञ्चले सञ्चालन गरेको छात्रवासमा बसिरहेका १२० मध्ये ७६ जना बालबालिका विद्यालय भर्ना हुन सकेका छैनन्।

६ हजार बालबालिकालाई खोप

रुकुम (पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन्। जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन्।

बालबालिकाको खाजा

आममान्छेको स्वास्थ्य, सिप र दक्षताको योग नै देशको क्षमता हो। आमबालबालिकाको स्वस्थ शरीर र उपयुक्त विकास भएन भने भोलिका नागरिक कस्ता होलान्?

द्वन्द्वपीडित एकल महिलालाई भत्ताको प्रयास जारी: मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सरकारले द्वन्द्वपीडित एकल महिलालाई पनि भत्ता उपलब्ध गराउने प्रयास गरिरहेको बताएकी छिन्।

पोर्चुगलमा ओमिक्रोनको प्रकोप बढेपछि बालबालिकालाई खोप

पोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गएको भन्दै यहाँका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ।

उदयपुरका बालबालिकालाई १७ गतेदेखि मात्र खोप

हिलो चरणमा पुस ४ देखि १४ गतेसम्म दिने कार्यतालिका सार्वजनिक भएकोमा समयमा खोप नआइपुगेकाले तोकिएको मितिभन्दा ३ दिनपछि मात्र अभियान सुरु हुने स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासले बताए।

काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

गत वर्ष विद्यालयमा आउने विद्यार्थीको अवस्था नाजुक भएका कारण काठमाडौंका समाजसेवी राधा श्रेष्ठले संयोजन गरी कपडा र स्टेसनरी वितरण गरेका थिए तर एक वर्ष भइसक्दा पनि त्यही पुरानो कपडा र फाटेको जुत्तामा विद्यालय जानु उनीहरुको दैनिकी भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्