५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

उदयपुरका बालबालिकालाई १७ गतेदेखि मात्र खोप

आइतबारदेखि दिने भनिएको बालबालिकालाई कोभिड विरुद्धको खोप उदयपुरमा ३ दिनपछि मात्र सुरु हुने भएको छ। कोभिडबाट बचाउन सरकारले देशका सुदूरपश्चिमबाहेक ६ वटा प्रदेशका ५७ जिल्लामा आजैदेखि खोप दिन थाले पनि उदयपुरमा ७ गतेदेखि मात्र दिइने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

१२ देखि १७ वर्षसम्म उमेर समूहका बालबालिकाका लागि सरकारले अमेरिकन कम्पनीको ‘मोडर्ना’ खोप दिन थालेको हो। जस अनुसार पहिलो चरणमा पुस ४ देखि १४ गतेसम्म दिने कार्यतालिका सार्वजनिक भएकोमा समयमा खोप नआइपुगेकाले तोकिएको मितिभन्दा ३ दिनपछि मात्र अभियान सुरु हुने स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासले बताए।

दासका अनुसार खोप सोमबार मात्र आइपुग्ने र तयारी गर्दा समय लाग्ने भएकाले १७ गतेदेखि दिन थाल्ने योजना कार्यालयले बनाएको छ। खोप आएपछि ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहका हरेक वडाका स्वास्थ्यचौकी, जिल्ला अस्पताल र नगर गाउँ अस्पतालमार्फत वितरण गर्ने दासले बताए।

स्वास्थ्य मन्त्रालयले पहिलो मात्राको खोप पुस ४ देखि १४ गतेसम्म र दोस्रो मात्रा माघ २ देखि १२ गतेसम्म दिने कार्यतालिका सार्वजनिक गरेको छ। खोप प्रदेश १ का १४ मध्ये उदयपुरसहित ११ जिल्लाका बालबालिकालाई दिइने छ।

प्रकाशित: ४ पुस २०७८ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App