कांग्रेसमा युवा आकर्षण
अहिलेको नेतृत्व पुस्ताले यही गतिमा युवा आकर्षण बढाउँदै अभिभावकीय भूमिका निर्वाह गर्न सक्यो भने त्यो पार्टीका लागि राम्रो त हुने नै छ, कम्युनिस्ट नामधारी पार्टीका लागि पनि ठूलो चुनौती हुनेछ।
अहिलेको नेतृत्व पुस्ताले यही गतिमा युवा आकर्षण बढाउँदै अभिभावकीय भूमिका निर्वाह गर्न सक्यो भने त्यो पार्टीका लागि राम्रो त हुने नै छ, कम्युनिस्ट नामधारी पार्टीका लागि पनि ठूलो चुनौती हुनेछ।
सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज पनि सुनुवाइ हुन सकेन।सापकोटाविरुद्ध परेको १० वर्ष पुरानो मुद्दाको सुनुवाइ आज ताेकीएकाे थियाे।
गिरिजाप्रसाद कोइराला फाउण्डेशनको विचार तथा अनुसन्धान विभागको निर्देशकमा पत्रकार जगत नेपाललाई नियुक्त गरिएको छ।
कोभिड–१९ महामारीले सिर्जना गरेको विषम परिस्थितिका बीच राष्ट्रिय अर्थतन्त्रलाई गतिशीलता दिनका लागि नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरिसकेको छ।
एउटा लोकप्रिय गीत छ– ‘के सोचेँ मैले के भयो अहिले ?’ यो गीत ठ्याक्कै हामी नेपालीको नियतिसँग मिल्छ। हामीले लोकतन्त्रका निम्ति जे सोच्यौँ, त्यो पाएनौँ। लोकतन्त्रभित्र जुन आदर्श खोजियो त्यो फेला परेन।
लामो समयसम्म विद्यालय बन्द हुनु दीर्घकालीन विश्लेषण गर्दा व्यक्तिगतरूपमा बालबालिका र समाजका लागि ठूलो हानि हुन्छ।
एकातिर कोरोनाको कहर छ अर्कातिर सत्ताको लुछाचुँडी। एकातिर अकाल मृत्युका कारुणिक दृश्यहरू छन्। अर्कातिर राजनीतिक तिकडमबाजीका चित्रहरू। मानवता समाप्त भएजस्तो। मानवीय संवेदना परास्त भएजस्तो। सामाजिक सञ्जालमा छाउने मृत्युका खबरले मनै आतङ्कित बनाएको छ। श्रद्धाञ्जली र समवेदनाका शब्द लेख्ने र पढ्ने हाम्रो दिनचर्या भएका छन्।
हाम्रा एक भान्जा मिर्गौला रोग लागेर डायलाइसिस गर्नुपर्ने अवस्थामा पुगे। डायलाइसिसका लागि गोंगबुमा रहेको एक अस्पताल बुलन्द सिद्धि अस्पतालमा नाम दर्ता गराइ पालो लिइ डायलाइसिस गराउन थाले। पहिले हप्तामा दुई र पछि तीन पटकसम्म डायलाइसिस गराउन थाले तर विडम्बना त्यहाँ डायलाइसिस गराउँदासम्म उनलाई सास फेर्न गाह्रो हुने, न्युमोनिया हुने समस्याले बारम्बार अस्पताल भर्ना हुनुपर्ने भैरह्यो।
श्याम शरणहरूले इन्डियाको हित हेरेर काम गर्ने हो, गरे। यद्यपि, त्यो सुदूर भविष्यसम्म तिनका लागि हितकर हुने ठोकुवा गर्न गाह्रो छ। नेपाली पक्षले त नेपालको हित र भविष्य हेर्ने हो। दुई ठूला देशका बीचमा सानो देखिने नेपालको भलाइ दुवैतर्फ सन्तुलित सम्बन्ध राख्नुमा छ।
केपी ओली सरकार अराजक, अस्थिर र अक्षम भएको छ। उसले चालु सत्ताको नियम कानुन केही पनि नमान्ने, कोरोनाबाट प्रताडित जनताको जीउधन, स्वास्थ्य सुरक्षाको वास्ता नगर्ने भ्रष्ट फासीवादी र अध्यादेशबाट देश चलाउने अभ्यास गरिरहेको छ।
विदेशी राजदूतदेखि राष्ट्रपतिसम्म नेताहरूका घर–घर धाएर कम्युनिस्ट पार्टीको फुटेको हाँडी टाल्ने प्रयास भइरहेको पनि देखिएकै थियो। यी सबै अशोभनीय र चिन्तापूर्ण अवस्था बन्नुका पछाडि नेतृत्वमा कब्जा जमाएर बसेको असफल पुस्ता नै मूल कारण हो।
विशेष गरी लोकतान्त्रिक संसदीय व्यवस्थाको संस्थागत विकास गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेस नेतृत्वलाई प्रतिगमनका नाइके प्रधानमन्त्री केपी ओलीले पुनः जिल्याइदिएका छन्। एमाले र माओवादीको अपवित्र गठबन्धनका कारण चुनावबाट झण्डै दुईतिहाइ बहुमतसहित सत्तारोहण गरेका प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने प्रतिगामी कदमविरुद्ध चौतर्फी विरोधमा उत्रिएका विपक्षी दलहरू लोकतान्त्रिक बहुदलीय व्यवस्था र विधिको शासन स्थापित गर्ने सवालमा असफल देखिए।
कुनै पनि ठूलो वियोगपूर्ण घटनाको समाचार बनाउँदा पीडितप्रति संवदेनशील बन्नु पत्रकारिताको आधारभूत नियम हो। जो दुःखमा छ, उनीहरूको भावनाप्रति पत्रकार संवेदनशील बन्नुपर्छ। अन्तर्राष्ट्रिय मिडिया पनि भनिने पश्चिमा मिडियाहरूले यो नियम सामान्यतः आफ्नो देशको हकमा लागु गरेका हुन्छन्। तर गैरपश्चिमा समाजमा भएका विपद्बारे समाचार बनाउँदा भने यो नियमलाई उनीहरूले उपेक्षा गरिरहेका हुन्छन्।
शासकसँग सबथोक छ। त्यसैले ऊ ढुक्क छ। जनतासँग केही छैन। त्यसैले जनतालाई भने दुःखैदुःख छ। कोरोना त्रासले जनता त्रसित र भयभीत छन् तर शासक निश्चिन्त छ।
आफ्नै बाबु ३–४ सय बिघाका ठूला जमिनदार। तर उनको सन्तुष्टिको आधार बाबुको सम्पत्ति बन्न सकेन। किसानको हँसिलो मुहार रोजे उनले। त्यसैले जमिनदारविरुद्ध उत्रे, घोषितरूपमै।