coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जिपी फाउण्डेशन विचार तथा अनुसन्धान विभागका निर्देशकमा नेपाल

गिरिजाप्रसाद कोइराला फाउण्डेशनको विचार तथा अनुसन्धान विभागको निर्देशकमा पत्रकार जगत नेपाललाई नियुक्त गरिएको छ। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्मृतिमा स्थापित फाउण्डेशनको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पत्रकार नेपाललाई दुई वर्षका लागि निर्देशकमा नियुक्त गरेको हो।

फाउण्डेशनका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन र गिरिजाबाबुको योगदानका विषयमा अध्ययन अनुसन्धान गर्नका लागि अनुसन्धानकर्ता एवं पत्रकार नेपाललाई उक्त विभागको जिम्मेवारी प्रदान गरिएको जानकारी दिए। पत्रकार नेपालले गिरिजाबाबुको नेतृत्वमा भएको जहाज अपहरणलाई समेटेर ‘हाइज्याकिङ फर डेमोक्रेसी’ र ‘राजद्रोही राजनेता’ वृत्तचित्र निर्माण गरिसकेको तथा नेपालको नेपालको राजनीतिलाई समेटिएका चार पुस्तक प्रकाशनमा ल्याइसकेका छन्।  

पत्रकार नेपालले स्व कोइरालाको लाइभ अन्तर्वार्ता लिनाका साथै उनको जीवनीलाई समेटिएको पुस्तक ‘आफ्नै कुरा’ प्रकाशनमा ल्याइसकेका छन्। विसं २०५४ देखि पत्रकारितामा सङ्लग्न नेपाल रत्नराज् लक्ष्मी क्याम्पसका उपप्राध्यापकसमेत हुन्। जिपी कोइराला फाउण्डेशनले पछिल्लो समय मुलुकको शिक्षा, स्वास्थ्य र  पर्यटन क्षेत्रका विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। फाउण्डेशनले नेपालबाहेक विभिन्न देशमा आफ्नो शाखा विस्तार गरी सामाजिक काम गर्दै आएको छ।

प्रकाशित: २१ असार २०७८ १४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App