११ मंसिर २०८१ मंगलबार
image/svg+xml

चुनाव पछि अपराधिक घटनामा वृद्धि

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सक्किए लगत्तै रौतहट जिल्लामा अपराधिक घटनाहरू बढ्न थालेका छन् । प्रदेश र प्रतिनिधि सभाको मतगणणा कार्य आइतबार सम्पन्न भए लगतै पहिलो दिन नै जिल्लामा हत्या, अपहरण,  झडप तथा मारपिट जस्ता घटना भएको हो।

युद्धभन्दा चुनाव जित्न गाह्रो भयो : कमला रोका

पूर्वी रुकुम सिस्ने गाउँपालिका वडा नं. २ की कमला रोका २०५१ साल फागुन १ गते पहिलो महिला छापामारको रुपमा लडिन् । उनी तत्कालीन माओवादीको १० वर्षे जनयुद्धका क्रममा भूमीगत थिइन् । उनी २०६३ की उन्तरिम विद्यायक पनि हुन् ।

चुनावको उत्साह (फोटो फिचर)

चितवनका मतदान केन्द्रहरुमा स्थानीय तहको चुनाबमा भन्दा यो पटक मतदाताको भिडभाड कम देखिए पनि मतदान प्रति सवै खालका मतदाता उत्साहित भएको पाइयो। काखे नानी बोकेर महिलाहरु मतदान गर्न आएका भेटिए भने वृद्ध अशक्तहरु अरुको बुई चढेर पनि मत हाल्नका लागि आएको पाइयो । पहिलो पटक मत हाल्दै गरेका युवादेखि अल्पसंख्यकहरुसम्मले उत्साहित हुँदै मतदान गरे।

शिवपुजन राय चुनाव लड्न नपाउने

वाम गठवन्धनबाट सर्लाही ४ मा उम्मेदवार रहेका शिवपुजन राय सर्वोच्च अदालतको फैसलासँगै उम्मेदवार बन्न नपाउने भएका छन्।

चुनाव बिथोल्न नक्कली बम आतंक

आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन विथोल्न  निवर्चान विरोधीहरूले नक्कली बम राखेर तर्साउने गरेको पाइएको छ । बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। “करिब ९÷१० स्थानमा यस्ता तर्साउने काम भए”, प्रहरी उपरीक्षक थापाले भने, “सबै नक्कली मात्रै भेटिएका छन् ।”

चुनावमा अवैध धन

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अवैध धनको प्रयोग हुने विज्ञहरुले बताएका छन् । कर दायित्व चुक्ता नगरिएका वा अर्थतन्त्रको पहुँच बाहिर रहेको रकम पनि यही बेला खर्च हुने गरेको उनीहरुको भनाइ छ ।

नयाँ मतदाताको नयाँ चुनाव

मतदाता परिचयपत्रका लागि नाम दर्ता गर्न घन्टौं समय लागेको थियो । मंगलबार पनि उस्तै भीडमा थिइन्, घोराहीकी मनकली पुन । लामो समय लाम बसेपछि बल्लबल्ल उनको हातमा मतदाता परिचयपत्र पर्‍यो। उनी भन्दै थिइन्, ‘बल्ल भोट हाल्ने भइयो।’

मधेसको चुनावी रङ (फोटो फिचर)

मंसिर महिना आधा बित्दै गर्दा मधेशका गाउँमा चिसो सुरु भएको छ । तर नजिकिदै गरेको चुनावले यहाँको माहोल झनै तात्न थालेको छ । खेत–खरियान देखि चिया पसलमा सबैतिर चुनावी चर्चा  छ । भजन गुन्जने माइकबाट चुनावी गीत बज्न थालेका छन् । केटोकटीहरू रगंविरगंका पम्लेट र पर्चा बटुल्दै छन्। उम्मेदवारहरू घर दैलो धाउँदै छन् । सर्वसाधरण चुनावी हारजितको जोड घटाउ गर्दैछन्।

थापाको चुनावी अभियानमा भएको बम आक्रमणको भर्त्सना

४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै भएको बम आक्रमणको नेपाली कांग्रेसले भर्त्सना गरेको छ।

चुनावदेखि चुनावसम्म

स्थानीय निकायको मतगणनाका क्रममा बदर मत प्रतिशत अत्यधिक भएको देखिसकेपछि पनि आयोगले लामो, ठूलो र जटिल मतपत्रमा सुधार गर्ने वा त्यसमा सही तरिकाले छाप लाउने कुराबारे व्यापक मतदाता शिक्षा सञ्चालन गर्न सकेको देखिएन । जसले गर्दा भोलि मतगणना हुँदा बदर मत उल्लेख्य रूपमा घट्ने आशा गर्न सकिन्न ।

चुनाव पर्यवेक्षण गर्न थाई पूर्वउपप्रधानमन्त्री नेपालमा

२१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षण गर्न थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री काठमाडौं आएका छन् । कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसन प्रमुख भई उनी यहाँ आएका हुन् । कार्टर सेन्टरको पर्यवेक्षण टोलीमा अमेरिकाका पूर्वराजदूत पिटर बर्ले पनि छन् ।

चुनाव तयारी पूरा, मौन अवधि राति १२ बजेदेखि

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार तराई, भित्री मधेस र पहाडको तल्लो भेगका गरी ४५ जिल्लामा चुनाव हुँदैछ । दोस्रो चरणको चुनावमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले मत दिँदैछन् ।

चुनाव जित्न सबै ‘हत्कण्डा’

बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदरवार प्रेम बहादुर आलेमगर ‘पैसावाल’ नेता मानिन्छन्। दोस्रो संविधान सभा निर्वाचन–२०७० मा उनले डोटी क्षेत्र नम्बर–२बाट ‘पैसाको प्रभाव’ले निर्वाचन जितेको आरोप छ।

चुनाव विरोधी गतिविधि संलग्न आरोपमा प्रअ पक्राउ

चुनाव विथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा खोटाङमा नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनमा आवद्ध प्रधानाध्यपक पक्राउ परेका छन्। मंसिर १० गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनकाक्रममा चुनाव बिरोधी गतिविधिमा संलग्न भएको आरोपमा लामीडाँडा गाउँपालिका–१ कुभिन्डेस्थित रत्नराज्यलक्ष्मी आधारभुत विद्यालयका प्रअ शेखर पोखरेल पक्राउ परेका हुन्।

जेलबाटै चुनावी चलखेल

धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डल सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिबीचको चुनावी टक्कर देशमै चर्चाको विषय बनेको छ । यो टक्करमा जित कसको हुन्छ भन्ने प्रश्नले नेपाली राजनीतिको बजार तताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्