३ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

थापाको चुनावी अभियानमा भएको बम आक्रमणको भर्त्सना

काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै भएको बम आक्रमणको नेपाली कांग्रेसले भर्त्सना गरेको छ। कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै दोषी माथी कारबाहीको माग गरेका छन्। शान्तिपूर्ण एवं निर्वाधरुपमा चुनावी कार्यक्रम गर्न पाउने नागरिकको अधिकार उल्लङघन भएको भन्दै कांग्रेसले यस्ता घटना नदोहोर्‍याउन चेतावनी दिएको छ।

 बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम आक्रमण हुँदा उम्मेदवार थापासहित ११ जना घाइते भएका थिए।  उम्मेदवार थापालाई बमको छर्रा लागेको छ। उनी उपचारपछि घर फर्केकी सकेका छन्। घाइते हुनेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रिना बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा एवं ध्रुव खड्का रहेका छन्। घाइतेमध्ये राजकाजी श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर छ।

 

प्रकाशित: १८ मंसिर २०७४ ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App