३ मंसिर २०८१ सोमबार
image/svg+xml
कला

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

आगामी शुक्रवारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘अग्निदहन’ मा महिलामाथि भएका हिंसाका घटनाहरू उठाइएको छ।सोमबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै चलचित्रबारे जानकारी गराइएको हो।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको चलचित्रले समाजमा बोक्सी छैन भन्ने सन्देश दिएको छ। बोक्सीका नाममा अझै पनि महिलामाथि हिंसा भइरहेकाले बोक्सीको नाममा महिलामाथि हिंसा हुन नहुने सन्देश चलचित्रले दिएको  बताइएको छ ।

फिल्मका प्रस्तुतिकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मुलन गराउन आफूहरूले फिल्म बनाएको बताए । कलाकार तुलसी क्षेत्रीले बोक्सीको आरोप लागेका महिलालाई धामीझाँक्रीले दिने यातना साँच्चै असह्य हुने गरेको धारणा राखे । निर्देशक घनश्याम लामिछानेले आफ्नो फिल्म व्यावसायिक हिसावले नबनाएको जानकारी दिए।

चलचित्रमा प्रकाश घिमिरे, प्रमीला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ । लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, शङ्कर पाण्डेको प्रोडक्सन डिजाइन छ।

प्रकाशित: ३ मंसिर २०८१ १४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App