काठमाडौं- वाम गठवन्धनबाट सर्लाही ४ मा उम्मेदवार रहेका शिवपुजन राय सर्वोच्च अदालतको फैसलासँगै उम्मेदवार बन्न नपाउने भएका छन्।
रायको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गर्दै मुद्दाको अन्तिम फैसलामा व्याख्या गर्ने बताएपछि उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कायमै रहने छ। राय सर्लाही ४ मा वाम गठवन्धनबाट माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभाको लागि उम्मेदवार रहेका थिए।
न्यायाधीश दिपकराज जोशी र डम्बर बहादुर शाहीको इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरेको हो। पहिलो संविधान सभामा मधेसी जनअधिकार फोरमबाट सभासद रहेका उनलाई रातो पासपोर्ट दुरुपयोगको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो। लगत्तै उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए । जुन मुद्दा विचाराधिन छ।
प्रकाशित: २० मंसिर २०७४ ०९:०९ बुधबार