११ मंसिर २०८१ मंगलबार
image/svg+xml

अवैध रूपमा पुस्तक छाप्दा साझा करोडौं घाटामा

अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र्रसाद शर्माले कक्षा ११ र १२ मा पढाइ हुने 'सबैको नेपाली' र 'एक चिहान', 'लिंक इङ्लिस' पुस्तक छापाखानाभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी बिक्री गरिरहेको पाइएको हो।

दैनिक साढे दुई अर्ब व्यापार घाटा

सरकारले दशकौंदेखि निर्यात बढाउने भन्दै विभिन्न नीति सार्वजनिक गरे पनि चालु आवमा मुलुकको दैनिक व्यापार घाटा साढे दुई अर्ब पुगेको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको १० महिनामा आयात आठ खर्ब आठ अर्ब ६८ करोड पुगेको छ। निर्यात भने ६१ अर्ब दुई करोडमा सीमित छ।

'चुनावमा नआउनेलाई घाटा हुनेवाला छ'

अघिल्ला दुई चुनावमा जसजसले भाग लिएनन् तिनीहरू निकै पछि परे। यो चुनावमा पनि जो जो भाग लिन्नन्, उनीहरूलाई धेरै घाटा पर्नेवाला छ।

क्षतिपूर्ति भुक्तानीमा राज्यलाई करोडौं घाटा

मेलम्ची खानेपानी विकास समितिले ठेकेदार कम्पनीलाई ५८ करोड रूपैयाँ क्षतिपूर्ति दिएर राज्यलाई घाटा पुर्‍याएको विषय व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले चासोका साथ लियो।

व्यापार घाटा पाँच खर्ब ८० अर्ब नाघ्यो

चालु आर्थिक वर्षको ८ महिनामै वस्तु आयात ६ खर्ब २८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ भने निर्यात जम्मा ४८ अर्ब २२ करोड रुपैयाँ मात्र छ। निर्यातभन्दा आयात उच्च भएकाले व्यापार घाटा पाँच खर्ब ८० अर्ब ३४ करोड रुपैयाँ नाघेको छ।

९८ करोड घाटा हुनेगरी रसायनिक मल किन्ने तयारी

कृषि मन्त्रालयले मुलुकलाई करिब ९८ करोड रुपैयाँ घाटा हुने गरी रासायनिक मल खरिद गर्ने तयारी गरेको छ। अस्ट्रेलियन लोबाना कम्पनीसँग २०६८ (सन् २०११) मा भएको सम्झौता कार्यान्वयन गर्ने बहानामा मन्त्रालयले ३० हजार मेटि्रक टन युरिया मल किन्ने प्रक्रिया अघि बढाएको हो।

ब्यापार घाटा कम गर्न चीनसँग सहयोगको अनुरोध

नेपालले प्रत्येक वर्ष बेहोर्दै आएको व्यापार घाटा कम गर्न नेपालबाट निर्यातहुने वस्तुहरुको प्रवद्र्धनमा सहयोगका लागि नेपाली व्यवसायीले चीनसँग अनुरोध गरेका छन्।

घाटामा ब्रोइलर कुखुरापालक

अन्डाको मूल्य उच्च भएका बेला कुखुरा मासु भाउ भने बढ्न सकेको छैन। मूल्य नबढ्दा उपभोक्तालाई राहत भए पनि किसानलाई मर्का परेको छ। ब्रोइलर कुखुरा पालेका किसानले लागत मूल्यभन्दा निकै कममा कुखुरा बेच्न बाध्य छन्।

माओवादीलाई २६ लाख घाटा

सत्तारुढ माओवादी केन्द्रले निर्वाचन आयोगमा पार्टीलाई गत वर्ष २६ लाख रुपैयाँ घाटा लागेको विवरण बुझाएको छ। केन्द्रले बुझाएको  विवरणमा अघिल्लो आर्थिक वर्ष पार्टीको आम्दानी २ करोड ८८ लाख ३३ हजार ३ सय २५ रुपैयाँ १५ पैसा र घाटा २६ लाख १२ हजार ३ सय ८ रुपैयाँ ३१ पैसा रहेको विवरण छ।

संसोधन प्रस्ताव फिर्ता हुँदैन, संसद चल्न नदिए एमालेलाई घाटा: देउवा

सत्तारुढ नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनकालागि संसदमा दर्ता भएको प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन्। नेपाली काँग्रेस चितवनले बिहीबार बिहान भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले एमालेले मधेस र पहाडबीच दूरी बढाउने काम गरेको र यो राष्ट्रको खिलापमा भएको आरोप लगाए।

पूर्वको व्यापार घाटा १ खर्ब २२ अर्ब

आर्थिक बर्ष ०७२/७३मा पूर्वाञ्चलको व्यापार घाटा १ खर्ब २२ अर्ब नाघेको छ । पूर्वाञ्चलबाट आर्थिक बर्ष ०७२/७३मा आयातको तुलनामा झिनो मात्रामा निर्यात हु“दा व्यापार घाटा उच्च देखिएको व्यापरिक तथा निकासी प्रबद्र्धन केन्द्र विराटनगरले जनाएको छ ।

भुटानसँग ३१ करोड व्यापार घाटा

आफूभन्दा सानो देश भुटानसँग नेपालको व्यापार घाटा ३१ करोड रुपैयाँ रहेको छ। करिब ७ लाखमात्र जनसंख्या भएको भुटानसँग नेपालले दुई पक्षीय व्यापारलाई ध्यान दिन नसक्दा घाटा बेहोर्नुपरेको हो। नेपालले गत आर्थिक वर्ष ०७२/७३ कोमा ३१ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ।

दैनिक व्यापार घाटा २ अर्ब

करिब ५ महिना भारतले नाकाबन्दी गर्दा पनि नेपालको आयात बढेको छ भने निर्यात घटेको छ। जसका कारण गत आर्थिक वर्षमा प्रतिदिन करिब २ अर्ब व्यापार घाटा भइरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

सञ्चित घाटा अर्बौं, कर्मचारीलाई बोनस

सञ्चित नोक्सानीमा रहेका कुनै पनि संस्थानले कर्मचारीलाई बोनस बाँड्न सक्दैनन्। पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने यो परम्परा लत्याउँदै आफ्ना कर्मचारीलाई ८७ करोड रुपैयाँ बोनस बाँड्ने तयारी अघि बढाएको छ। बैंक अझै पनि ४ अर्ब रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ।

औंसा प्रकोपले आँप किसान घाटामा

खोटाङ, साउन ८ (नागरिक)– खोटाङमा आँप खेती गर्दै आएका किसान औंसा र गबारो किराको प्रकोपका कारण मारमा परेका छन्। आँपमा औंसा, गबारोलगायत किरा प्रकोपका कारण चार÷पाँच वर्षयता जिल्लाका किसान मारमा परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्