व्यापार घाटा कम गर्न निर्यात व्यापार बढाउनुपर्छः उपराष्ट्रपति पुन
काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा संविधान कार्यान्वयन गरी देशमा आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन्। नेपाल फ्राइट फरवार्डर्स एसोसिएसनले २२ औँ कार्गो दिवसका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले नेपाललाई समृद्ध बनाउन स्वदेशमा भएका स्रोत तथा साधनलाई अधिकतम उपयोग गरी गुणस्तरीय उत्पादन गर्नुपर्नेमा जोड दिँदै त्यसले निर्यातमुखी व्यापार बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।