१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपालका कफि व्यवसायीको निर्यात क्षमता बढाउन गाइडलाइन तयार

आइटिसीको प्राविधिक सहयोग तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्य एवं समन्वयमा यी दुवै गाइडहरू तयार भएका हुन्।

अर्गानिक उत्पादन बढाउन ‘भकारो सुधार’

हरियो चिया उत्पादन गर्ने प्रत्येक किसानका लागि २५ हजार रुपैयाँ अनुदानको कार्यक्रम ल्याउन लागिएको बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले जानकारी दिए।

गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित

गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन्।

लयमा फर्किएन कफी उत्पादन

नेपालमा कफी खेतीका लागि उपयुक्त वातावरण हुँदा पनि फस्टाउन सकेको छैन। बजारमा माग र निर्यातको सम्भावना उच्च रहे पनि विगतमा जति पनि कफी फलेको छैन।

कफीलाई बजार छैन

गएको पुस र माघमा कफीमा देखिएको तुसारो रोगका कारण मारमा परेका कफी व्यवसायी कोरोनाको कारण थप प्रभावित भएका छन्। रोगका कारण ४० प्रतिशतले उत्पादनमा कमी आएको कफी प्रशोधनपश्चात त्यसले बजार नपाउँदा व्यवसायी समस्यामा परेका हुन्।

चिसोले खायो कफी, किसान मर्कामा

माघ पहिलो सातादेखि परेको झरी र तुसारोका कारण गुल्मीका कफी बगैंचा र नर्सरीमा अधिकांश कफीका बोट र बिरुवा नष्ट भएका छन्।

देशैभरको कफीमा अज्ञात रोग

कफीको फसल भित्र्याउने समयमा एकाएक अज्ञात रोगको प्रकोप फैलिएको छ। गत मंसिरबाट देखिन लागेको यो प्रकोपले फागुनको पहिलो सातासम्ममा अधिकांश ठाउँका उत्पादनमा दुष्प्रभाव पारिसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ।

कफी विस्तार कार्यक्रमलाई सरकारी बेवास्ता

कफी व्यवसायलाई राम्रो निर्यात सम्भावना भएको उद्यम भनिए पनि यसको विस्तार कार्यक्रममा सरकार उदासीन देखिएको छ। नेपाल कफी व्यवसायी महासंघका महासचिव सन्तोष पोख्रेलव्यावसायिक कफी विस्तार कार्यक्रम भनेर योजना माग्ने तर नाम मात्रको सहयोगमा टार्ने गरेको बताउँछन्।

कफी जिल्लाकै किसान चिन्तित

लामो समयदेखि व्यावसायिक रुपमा गरिँदै आएको कफी खेतीमा सेतो गबारोको प्रकोप बढेपछि गुल्मेली कफी किसान चिन्तित भएका छन्। सेतो गबारोको प्रकोप बढेपछि सयौंको संख्यामा कफी बोट फाँडिएको कृषकको भनाइ छ।

नेपाली कफीको अन्तरराष्ट्रिय बजार

बजारको सुनिश्चित, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि यहाँका कृषकहरु छ वर्षदेखि कफीखेतीमा आकर्षित भएका थिए। चार वर्ष पहिला १८ टन कफी उत्पादन भएकामा गबारोले कफीका बोट मरेपछि गएको वर्ष उत्पादन घटेर छ टनमा झरेको जिल्ला कफी व्यवसायी सङ्घका कोषाध्यक्ष पुष्करनाथ बन्जाडेले बताए।

सुक्खाग्रस्त क्षेत्रमा कफीको बिरुवा

सुक्खाग्रस्त क्षेत्रमा खडेरीले बाली सखाप बनाउन थालेपछि पाँचथरको तुम्बेवा गाउँपालिकाले कृषकलाई कफीमा आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारेको छ। कफीमा तुम्बेवा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारिएको गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताए।

नेपाली कफी कोरिया निर्यात

गत आर्थिक वर्षमा पाल्पामा १६.६ टन पार्चमेन्ट र ३.३ टन ड्राइचेरी कफी उत्पादन भएको थियो। यस्तै गुल्मीमा १.५ टन पार्चमेन्ट र सात टन ड्राइचेरी उत्पादन भएको थियो। यसैमध्येबाट एक टन कफी कोरिया निर्यात गरिएको हो। बाँकी कफी स्वदेशमा खपत भएको छ।

उत्पादन, किसान र खेती क्षेत्रफलमा काभ्रे अगाडि

केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको व्यावसायिक कफीखेती सर्वेक्षणले काभ्रेपलाञ्चोक जिल्लालाई कफी उत्पादनको परिमाण, संलग्न किसान र खेती क्षेत्रफलको आधारमा मुलुकभरमै धेरै कफी उत्पादक जिल्लाका रुपमा चित्रण गरेको छ।

डबली द स्पेस : कफीको स्वादसँगै पुस्तक पठन

समाजशास्त्र विषय प्राध्यापन गर्ने शारदा क्षेत्री प्राध्यापन पेशा छाड्नै परे पनि बौद्धिक जमातसँग साक्षात्कार भईरहने काम गर्न चाहन्थिइन्। त्यसैले उनले पारिवारिक व्यवसायको रूपमा डबली द स्पेस खोलिन्। काठमाडौंलाई कर्मथलो बनाएकी उनलाई नेवारी समुदायले प्रयोग गर्ने डबली शब्दले मन छोयो। नेवार समुदायका मानिस छलफल, बैठक गर्नका लागि डबलीमा जम्मा हुने परम्परागत प्रचलन थाहा पाएकी शारदाले व्यवसायलाई नाम दिन यही डबलीलाई नै रोजिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्