कांग्रेस नेता प्रकाशमान जब नबिना लामाको कफी शप पुगे...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेकपाकी सांसद एवं अनेरास्ववियुकी पूर्वअध्यक्ष नबिना लामाले सञ्चालन गरेको कफी शपमा पुगेका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेकपाकी सांसद एवं अनेरास्ववियुकी पूर्वअध्यक्ष नबिना लामाले सञ्चालन गरेको कफी शपमा पुगेका छन्।
पछिल्लो समय गैरआख्यानको लहरै आएको छ। गैरआख्यानले पाठक पनि उत्तिकै तानेकै छन्। आख्यान पढ्ने पाठकले गैरआख्यान नपढेका होलान्, तर आख्यान नपढ्ने पाठकले पनि गैरआख्यान पढ्ने गरेका छन्।
कफी खेतीमा लगानी आकर्षित गर्दै कफी खेतीलाई व्यावसायिक बनाउनका लागि नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलन सोमबारदेखि सुरु भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना सम्मेलन सुरु भएको हो। दुई दिन चल्ने सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे।
सरकारले देश समृद्धिको आधार तय गरिरहेको बेला गरिएको सम्मेलनले कफी खेतीको उत्पादन, प्रशोधन, बिक्री वितरणका लागि बजार प्रवद्र्धनका योजना तथा कार्यक्रम बनाउन सहज हुनेमा उनले जोड दिए।
आजकाल युवकयुवतीको ‘डेटिङ’देखि व्यावसायिक मिटिङसम्म कफीको प्रस्तावबाट सुरु हुन्छ । तर यो तीतो पेयको सफलताको रमाइलो यात्राबारे धेरै कमलाई मात्र थाहा छ । आउनोस्, आज एकैछिन कफीका कुरा गरौँ ।
पत्रकार नारायण वाग्लेको तेस्रो कृति ‘कोरियाना कफीगफ’ पाठकमाझ आउने भएको छ। समाचार कक्षबाटै ‘कफीगफ’ सुरु गरेका वाग्लेले त्यही नामलाई लिएर तेस्रो कृति ल्याउन लागेका हुन्। पुस्तक प्रकाशक नेपालयले वाग्लेको नयाँ कृति अघिल्ला दुई उपन्यास ‘पल्पसा क्याफे’ र ‘मयुर टाइम्स’ भन्दा ‘सिर्जनशील गैरआख्यान’ पुस्तक हुने जनाएको छ।
कफी खाने प्रचलन १६ औैं शताब्दिदेखि सुरु भएको मान्न सकिन्छ। युरोपको माल्टा (टापु)मा पहिलोपटक कफी प्रस्तुत गरिएको थियो। नेपालमा पाँच–सात वर्षदेखि कफी खाने प्रचलन निकै बढेको व्यापारी बताउँछन्। चिया पसलदेखि स्टार होटल सम्म कफीलाई ‘मेन्यु’का रूपमा राखिएको पाइन्छ। यसो त चियामा पनि कफी राखेर पिउने चलन यदाकदा देख्न सकिन्छ।
व्यावसायिक कफी खेतीका लागि खोटाङको ऐसेलुखर्क गाउँपालिकाका किसानलाई कफी खेती सम्बन्धी तालिम दिइएको छ। कफी खेतीको सम्भाव्यतालाई मध्यनजर गर्दै गाउँपालिकाका ७ वटै वडाका दुई सय १० किसानलाई कफी खेती सम्बन्धी तालिम दिइएको हो।
कृृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले नेपालमा उत्पादित कफीको गुणस्तर वृद्धि र उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन् ।
अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा कफी निर्यात भने बर्सेनि बढ्दै गएको छ । नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा उच्च माग भएपछि उत्पादन र निर्यात बढेको हो।
राष्ट्रिय कफी दिवसको अवसरमा नागरिक दैनिका वरिष्ठ संवाददाता दिलीप पौडेल सम्मानित भएका छन्। समाचारको माध्यमबाट कफी उत्पादन र बजार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पौडेललाई नगदसहित प्रशंसा पत्रले सम्मान गरेको हो।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको प्रवर्द्धन तथा बजार विकास समितिको अध्यक्ष पदमा निर्वाचित भएका छन्।
क्याफे कफी डे (सिसिडी)ले वसन्तपुरमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। सिसिडीले एक वर्षको अवधिमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ।
माथिल्लो सगरमाथाका तीन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा चिया तथा कफी उत्पादनको लागी राम्रो मानीएको छ।