२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विषम मौसमको कारक जलवायु परिवर्तन

पानी पर्ने मौसम सकिँदा पनि पछिल्ला केही दिनमा भएको भारी वर्षाका कारण देशभर बाढी तथा डुबानका घटना बढेका छन्। यस किसिमको बेमौसमी वर्षा जलवायु परिवर्तनका कारण भएको हुन सक्ने विज्ञ बताउँछन्। मनसुन र जलवायुको परम्परागत प्रवृत्तिमा आएको परिवर्तनले उत्पन्न विपद्बाट जनजीवन प्रभावित भएको छ।

दाङमा खोलाले बगायो गाडी

दाङमा अविरल वर्षासँगै खहरे खोलामा आएको बाढीले एउटा गाडी बगाएको छ। उक्त घटनामा मानवीय क्षति भने भएको छैन।

लुम्बिनी प्रदेश: वर्षाले हजारौँ हेक्टरको धान क्षति

प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धान नष्ट भएको छ। यसै गरी काट्न बाँकी रहेको ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान ढलेको छ।

सप्तरीमा वर्षाले धानबालीमा क्षति

लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पुर्‍याएको छ। काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन्।

हुम्लामा पहिरोले घर पुरिँदा छ जना बेपत्ता

लगातारको वर्षाका कारण पहिराले घर पुरिँदा हुम्लामा एकै घरका छ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँका धनवीरे शाहीको घरमा मंगलबार राति साढे आठ बजेतिर माथिबाट आएको पहिरो खसेको थियो।

मौसमी प्रतिकूलता

हामी वर्षैभरि जलवायुसँग सम्बन्धित संकटबाट गुज्रिरहेका छौँ। अब हाम्रो जीवनमा यो अवश्यम्भावी छ भन्ने बुझिसकेपछि त्यसबाट आफूलाई कसरी जोगाउने भन्ने सोच आवश्यक छ।तदनुकूलको अभ्यासका निम्ति सरकारले नागरिकलाई तत्पर गराउन सक्नुपर्छ।

ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु

वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्।

पहिरोले घरसँगै पुरिएका दुई बालबालिकाको मृत्यु

अविरल वर्षासँगै खसेको पहिरोले धरान उपमहानगरपालिका वडा नं १३ नागेश्वर मार्गस्थित एक घर पुरिँदा २ जना बच्चाको ज्यान गएको छ।

वर्षाले धानबाली नष्ट,भोकमरी हुने त्रास

वर्षा भएदेखि उनी राम्रोसित निदाएका छैनन्।उनी खेतमा काटेर राखेको धान कसरी घर भित्र्याउने भन्ने मै सोचिरहेका छन्। उनले भने,‘निरन्तर वर्षा भइरहेको छ। खेतमा धानका दाना जताततै बगिरहेका छन्। न मेहनत रह्यो न त फल पाइयो। खेतको आलीमा बसेर टुलुटुलु हेर्नुबाहेक केही छैन।’

अविरल वर्षाले धानबालीमा क्षति

लगातारको कात्तिके झरीले जिल्लाको घोराही, लमही, भालुवाङ, पश्चिम दाङका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ। कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने भएको छ।

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

आइतबार रातिदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ।

वर्षाले कृषि बालीलाई राहत

उनका अनुसार पसाउन लागेको धानबाली, कोपिला लाग्दै गरेका काउली बन्दा, साग, मुला, बोडी, गेँडागुडीलगायतका अहिले सिँचाइको उपयुक्त समय मानिन्छ।

कपिलवस्तुमा ७ प्रतिशत धानको उत्पादन बढ्ने

पर्याप्त वर्षा र मलखादको सहज आपूर्तिका कारण कपिलवस्तुमा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। मौसम अनुकूलताका कारण यस वर्ष कपिलवस्तुमा ७ प्रतिशतले धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुले अनुमान गरेको हो।

भारतको केरलामा बाढीः ९ जनाको मृत्यु, २० बेपत्ता

बाढीसँगै आएको पहिरोका कारण कतिपय स्थानमा सडकमार्ग अवरुद्ध भएका छन्।

भोलिदेखि मौसममा बद्ली हुने, ठूलो वर्षाको सम्भावना

महाशाखाकाअनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्