७ वैशाख २०८१ शुक्रबार
समाज

भोलिदेखि मौसममा बद्ली हुने, ठूलो वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि मौसममा बद्ली भई ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ । शुक्रबार विशेष बुलेटिन मार्फत महाशाखाले अहिले देशभर मौसम सफा रहेपनि आइतबारदेखि देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको हो।

आज प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने र अन्य भू(भागमा आंशिक बदली हुनेछ।  प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मति प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

महाशाखाकाअनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ।

प्रकाशित: ३० आश्विन २०७८ ०६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App