१ माघ २०८१ मंगलबार
image/svg+xml

सुरक्षा चुनौतीकाे समाधान

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल दिशानिर्देशनसाथ नेपालको संविधान, २०७२ जारी भई सबै तहका निर्वाचनहरू सम्पन्न भएका छन् । सरकार गठन हुन संवैधानिक र कानुनी अड्चन तेर्सिएका छन् । यसले प्रदेश सभालाई पनि प्रत्यक्ष प्रभाव पारेको छ ।

कांग्रेस सवलीकरणका चुनौती

बाबु बिपीको मुहार लिएर आएका महामन्त्री शशांकमा पनि बाबुको गुण एउटै छैन । भएको भए चुनावको जनादेशविपरित आजका दिनमा पनि माओवादीलाई वाम गठबन्धनबाट तोडेर अब हामीपट्टि ल्याउँछौँ भन्दै भाषण गर्दै हिँड्ने थिएनन्।

पार्किङ नै मुख्य चुनौती

भित्री सहरमा चारपांग्रे सवारी निषेध गर्ने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयनमा पार्किङस्थल अभावले चुनौती थप्ने देखिएको छ।

मुस्लिम महिलाले पुटिनलाई चुनौती दिने

रूसमा सन् २०१८ मा हुने राष्ट्रपतिको निर्वाचनमा मुस्लिम महिला ऐना गाम्टोटोवाले रसियाका तत्कालीन राष्ट्रपति भ्ल्यादिमिर पुटिनलाई चुनौती दिदै उम्मेदवारी दर्ता गर्ने घोषणा गरेकी छिन् ।

सीसी क्यामराले काम नगरेपछि मन्दिरको सुरक्षामा चुनौती

कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरमा मुर्ति चोरी भएसंगै मन्दिर भित्रका क्रियाकलाप निगरानीका लागि सिसि क्यामरा जडान गरिएको भएपनि काम नगर्दा समस्या देखिएको छ । सिसि क्यामरा जडान गरिएको एक वर्ष सम्म पनि एउटा फुटेज रेकर्ड हुन सकेको छैन । सिसि क्यामराको लागि आवश्यक पर्ने सौर्य उर्जाको व्यवस्था नहुँदा घाम नलागेको दिनमा सिसि क्यामरा चल्दैन।

स्थानीय सरकारका चुनौती

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र स्थानीयकरण गर्ने क्रममा तीन चरणमा निर्वाचन भएका छन् । पहिलो चरणमा सम्पन्न निर्वाचित स्थानीय तह र जनप्रतिनिधिहरूको सात महिना अवधि बितिसकेको छ भने तेस्रो चरणका तह र जनप्रतिनिधिहरूको सय दिन पुग्दैछ । ७५३ स्थानीय तहमा करिब ३५ हजार जनप्रतिनिधिहरू क्रियाशील छन् ।

विराटनगरलाई भैरहवाले दियो १२८ रनको चुनौती

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी– २० क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्सले विराटनगर वारियर्ससामु जितका लागि १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आजको पहिलो प्ले अफ खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भैरहवा ग्लाडियर्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको हो।

प्रदेश २ : अवसर र चुनौती

मुलुकमा संघीयता संस्थागत भएपछि सात प्रदेशमध्ये कुन सामथ्र्यवान् र कुन कमजोर भनेर सबैतिर चर्चा हुन थालेको छ । यसै क्रममा मुलुककै अन्नभण्डारका रुपमा रहेको प्रदेश २ सामथ्र्यबारे धेरैले चासो देखाउन थालेका छन् ।

नेपालको चुनौती समाप्त

योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याड्मिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकल विधामा शुक्रबार दीपेश धामीको पराजयसँगै नेपालको चुनौती क्वार्टरफाइनलमै समाप्त भएको छ । पुरुष एकल विधामा भारतीय खेलाडीले बर्चस्व जमाए । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार पुरुष एकलका सबै चार क्वार्टरफाइनल सम्पन्न हुँदा भारतकामात्र तीन खेलाडीले सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनल पुग्नेमा भियतनामका एक खेलाडी थिए ।

‘संघीयतामा वित्तीय व्यवस्थापन चुनौतीपूर्ण’

तीन तहको निर्वाचन सम्पन्न भएसँगै नयाँ संविधानले व्यवस्था गरेको संघीय संरचनामा मुलुक औपचारिक रुपमा प्रवेश गरेको छ । संघीय संरचनामा मुलुकको आर्थिक नीति कस्तो हुने र राज्यले धान्न सक्ने नसक्ने विषय अहिलेको मुख्य बहस बनेको छ । भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले स्थायी सरकार बन्ने सम्भावना देखाएको छ । यससँगै आर्थिक समृद्धिको बाटोमा मुलुक अघि बढ्ने अपेक्षा पनि बढेको छ ।

भावी सरकारका चुनौती

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो आमनिर्वाचनको अन्तिम नतिजा आउन अब धेरै दिन पर्खनुपर्दैन । राष्ट्रिय सभालगायत बाँकी रहेका कुराको टुङ्गो लाग्न पनि अब धेरै दिन पर्खनु नपर्ला । अर्थात् नयाँ संविधानको कार्यान्वयन अब हुने भयो । देशको इतिहासमा यो ज्यादै ठूलो कुरा हो । खुसी मनाउनुपर्ने अरु पक्ष पनि छन् ।

शीर्ष नेतालाई चुनौती

मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुलुकका विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका प्रमुख दलका शीर्ष नेताहरू चुनौतीको चाङ पन्छाउने अन्तिम दौडमा जुटेका छन् । सोमबार राति १२ बजेपछि मौनअवधि सुरु हुने भएकाले उनीहरूले घरदैलो, मतदाता भेटघाट, कोणसभालगायत कार्यक्रम तीव्र पारेका छन् ।

सुरक्षाका चार चुनौती

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर बढाइएको सुरक्षा सतर्कता आममानिसले सामान्यतया देखेको सुरक्षा प्रबन्धभन्दा फरक छ । सुरक्षा जाँच, गस्ती र निगरानी बढाइएपछि सर्वसाधारणले यसपालि सुरक्षा संवेदनशीलता पहिलेभन्दा बढी भएको आँकलन गरेका छन्।

महन्थलाई दुईजनाको चुनौती

प्रतिनिधिसभातर्फ राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक तथा मधेसी गठबन्धनको साझा उम्मेदवार महन्थ ठाकुर चुनावी प्रतिस्पर्धामा उत्रेपछि महोत्तरी ३ को चुनावी वातावरण निकै रोमाञ्चक भएको छ।  ठाकुर संघीय समाजवादी फोरम र राजपा नेपालको गठबन्धनका साझा उम्मेदवार हुन् भने नेपाली कांग्रेसले पनि उनैलाई सघाउने निर्णय गरेको छ । यस्तै महोत्तरी ३ का उम्मेदवार बजरंग नेपालीले उम्मेदवारी फिर्ता लिएका छन् । तर स्वतन्त्र उम्मेदवार चन्देश्वर झा र वाम गठबन्धनका उम्मेदवार विजय चौधरीले उनलाई कडा चुनौती दिएका छन्।

अबको चुनौती मतपेटिका संकलन, सुरक्षा र गणना

प्रमुख राजनीतिक दलहरूले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्