२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

नेपालको चुनौती समाप्त

नेपाल इन्टरनेसनल सिरिज ब्याड्मिन्टनको पुरुष युगलमा नेपालका विवेक श्रेष्ठ र प्रिन्स दाहाल मलेसियाली खेलाडीसँग प्रतिस्पर्धा गर्दै ।

काठमाडौ- योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याड्मिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकल विधामा शुक्रबार दीपेश धामीको पराजयसँगै नेपालको चुनौती क्वार्टरफाइनलमै समाप्त भएको छ । 
पुरुष एकल विधामा भारतीय खेलाडीले बर्चस्व जमाए । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार पुरुष एकलका सबै चार क्वार्टरफाइनल सम्पन्न हुँदा भारतकामात्र तीन खेलाडीले सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनल पुग्नेमा भियतनामका एक खेलाडी थिए । 
भारतका एल साराङले भियतनामका सी फाममाथि २२–२०, २२–२० को जित हासिल गर्दै अन्तिम चारको यात्रा तय गर्दा राहुल भारद्धाजले नेपालका एकमात्र आशा दीपेशमाथि २१–१४, २१–११ को नतिजा निकाले । यसैगरी भारतकै एस जैसवालले आफ्नै देशका ए यादवलाई २१–१०, २२–२० को नतिजामा निराश पार्दा अर्को क्वार्टरफाइन्लमा भियतनामका ली डुच फातले इन्डोनेसियाका ए मार्टिनलाई तीन सेटसम्म संघर्ष गर्दै २१–१८, १६–२१, २१–१८ को नतिजामा निराश पारे । 
महिला एकलतर्फ शुक्रबार दुई क्वार्टरफाइनल सम्पन्न भए । दुवैमा भारतीय खेलाडी पराजित भए । भियतनामकी थी थ्राङले भारतकी इरा शर्मालार्य १७–२१, २४–२२, २१–१८ को नतिजामा हराउँदै अन्तिम चारको यात्रा तय गर्दा अर्को क्वार्टरफाइनलमा हङकङकी डेङ जोए जुहानले भारतधकी शैली रानेमाथि २१–१३, २१–१५ को सहज जित दर्ता गराइन । 

यसैगरी महिला युगलतर्फको क्वार्टरफाइनलमा जित हासिल गर्दै भारतीय जोडी बी बेलपुडी र भाशा भी बेलवाडेले सेमिफाइनल यात्रा पक्का गरेका छन् । बेलपुडी र बेलवाडेको जोडीले मलेसियाका धर्शाइनी भासीगरन र जयशाइन भासिगरनको जोडीमाथि १६–२१, २१–११, २१–२० को नतिजामा पाखा लगाएका थिए । नेपाल ब्याड्मिन्टन संघको आयोजनामा बुधबार सुरु भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ । 
 

 

प्रकाशित: ८ पुस २०७४ ००:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App