१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पाण्डेविरुद्ध जिल्ला अदालतमा मुद्दा

बलात्कारको अभियोग लागेका ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’ का सञ्चालक मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

मानव बेचबिखन मुद्दाका फरार चोपनाथ नेपाल २० वर्षपछि पक्राउ

उनलाई लुकीछिपी कुविण्डे क्षेत्रमा बसेका छन् भन्ने सूचनाका आधारमा बुधबार बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बस्नेतले जानकारी दिए।

सीमा क्षेत्रका विद्यालयका सीमा

दुर्गम क्षेत्रका विद्यार्थी न्यूनतम आधारभूत आवश्यकताको परिपूर्ति हुन नसकेको र चेतना अभावका कारण विद्यालयबाट बाहिर रहेको वर्तमान सन्दर्भमा सिद्धार्थनगर जस्तो सुगम र सुविधा सम्पन्न क्षेत्रमा समस्याहरू कम हुनुपर्ने अनुमान गर्न सकिन्छ।

शिक्षित महिलासमेत बेचबिखनको जोखिममा

‘सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको छ। शिक्षित महिलासमेत बेचबिखनको जोखिममा पर्न थालेका छन्।’

अवैध ओसारपसार

अवैध ओसारपसारमा संलग्न भरियालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । त्यसकै आधारमा कारोबारका मुख्य व्यक्तिसम्म पुगेर यस किसिमका क्रियाकलाप नियन्त्रण गर्न जरुरी छ । तर त्यसका लागि प्रहरीले कुनै दबाब र प्रभावमा नपरी अनुसन्धान अघि बढाउन आवश्यक छ । यस्तो अवैध ओसारपसारको नेटवर्क पत्ता लगाएर त्यसलाई नियन्त्रण गर्न सकेमात्र सीमावर्ती क्षेत्रमा हुने अन्य किसिमका अपराध नियन्त्रण गर्न पनि सहज हुनेछ ।

गाँजा ओसारपसारको ‘ट्रान्जिट’ बन्दै सर्लाही

साउनयता मात्रै सर्लाही प्रहरीले भारततर्फ ओसारपसार गरिरहेको अवस्थामा ३ सय ९६ किलो २ सय ग्राम गाँजा बरामद गरिसकेको छ। भारततर्फ गाँजा लैजाँदै गरेको तथा भारतबाट लागुऔषधका रूपमा प्रयोग हुने प्रतिबन्धित औषधिहरू भित्र्याउँदै गरेको अवस्थामा ३३ जना पक्राउ परिसकेका छन्।

वन्यजन्तु ओसारपसार एम्बुलेन्समा

मरेको चित्तल लैजाँदै गरेको अवस्थामा बैतडीको डिलासैनी गाउँपालिकाको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ।

वन्यजन्तु ओसारपसार गर्ने एम्बुलेन्स नियन्त्रणमा

बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सभित्र मरेको चित्तल लैजादै गरेको अवस्थामा बैतडीको डिलासैनी गाउँपालिकाको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एम्बुलेन्सभित्र मरेको चित्तलसहित दार्चुला प्रहरीले आइतबार करिब १ बजे शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वर बजारमा डिलासैनी गाउँपालिकाको एम्बुलेन्स नियन्त्रणमा लिएको हो।

गाँजा ओसारपसार रोक्न खोज्दा गोली प्रहार

पछिल्लो समय गाँजा ओसारपसार रोक्न खोज्दा प्रहरीले गोली प्रहार गर्ने क्रमलाई तीव्रता दिएको छ। चालू आवमै झन्डै आधा दर्जन घटनामा गोली प्रहार गरी गाँजा, सवारीसाधन र संलग्न तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘लागुऔषध रोक्न साझेदारी आवश्यक’

प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषधको प्रयोग र ओसारपसार रोक्न प्रहरी र समुदायको साझेदारी आवश्यक रहेको बताएका छन्।

सरकारी गाडीमा खसीबोका बोक्नेलाई कारवाही

दसैं विदामा बिनाअनुमती सरकारी सवारी प्रयोग गर्नेलाई जिल्ला प्रहरी कार्यालयले कारवाही गर्ने भएको छ। दसैंको समयमा यात्रुहरुको चाप बढ्ने भएकाले यातायात व्यवस्थापन र सुरक्षा चुनौतीलाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रहरीले दसंैको समयमा जथाभावी सरकारी सवारी प्रयोग गर्नेलाई कारवाही गर्ने जानकारी दिइएको हो।

मानव बेचविखन हुन नदिन सरकार सचेत छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसारजस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको दावी गरेका छन्।

अवैध तवरबाट ल्याइएका चल्ला नष्ट

काठमाडौंबाट पूर्वी नेपालको सुनसरी र झापा लैजान लागिएका तीन हजार नौ सय ७८ चल्ला आइतबार नष्ट गरिएको छ। पशु क्वारेन्टाइन चेकपोस्ट रामनगरले रामनगरबाट नियन्त्रणमा लिएको चल्ला पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रलमा खाडलमा पुरेर नष्ट गरिएको हो।

कम्मर र खुट्टामा बाँधेर लागुऔषध ओसारपसार

कम्मर र खुट्टामा बाँधेर लुकाइछिपाइ गरी ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषधसहित एक व्यक्तिलाई प्रहरी चौकी इनर्वाले पक्राउ गरेको छ।

यसरी हुन्छ वैदेशिक रोजगारीमा मानव बेचबिखन (भिडियाे)

राम्रो कामको प्रलोभन वा उज्यालो भविष्य बनाउने र आफ्नो जीवनस्तर उकास्ने योजना बनाउँदै वैदेशिक रोजगारमा लगिने वा जाने व्यक्तिहरु कुनै न कुनै प्रकारले मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परिरहेका छन्। महिला कामदारको स्थिति झनै संवेदनशील छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्