१२ मंसिर २०८१ बुधबार
image/svg+xml

लाागुऔषधका मुद्दामा वृद्धि, देशभर तीन हजार ३५७ मुद्दा दर्ता

मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो।

‘तलबको बदला महिनैपिच्छे कुट्थे’

‘हरियो रंङको ट्याक्सी बाहिर छ, छिटो आऊ भन्नुभयो। त्यतिबेला बिहानको ९/१० जति बजेको थियो होला। मालिक/मालिक्नी सुतिरहेका थिए। मोबाइल, पासपोर्ट बोकेर विस्तारै बाहिर निस्किएँ। अनि भागें।’ गोमाले कुवेतको त्यो ‘जेल’बाट भागेको दिनको बेलिविस्तार लगाइन्।

२८ हजार ६ सय अमेरिकी डलर सहित दुई जना पक्राउ

अबैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन्। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ त्रिशुली खोलाबाट २८ हजार ६ सय अमेरिकी डलर सहित दुई जना पक्राउ परेका हुन् ।

लागूऔषध भित्र्याउने ‘ट्रान्जिट’ बन्दै सर्लाही

भारतबाट नेपालतर्फ लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधि भित्र्याउनका लागि सर्लाहीका विभिन्न नाकाहरू प्रयोग हुने गरेको पाइएको छ।

लागूऔषध ओसारपसार र दुरुपयोगविरुद्ध सप्ताहव्यापी कार्यक्रम

सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि सुरु भएको छ।

१७ किलो सुन ओसारपसारमा संलग्न तामाङ पुर्पक्षको लागि थुनामा

अवैध सुन ओसार पसारमा संलग्न रहेका कार्साङ दावा तामाङलाई जिल्ला अदालत रसुवाले पुर्पक्षका लागि थुनामा पठाएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ्का ३१ वर्षीय तामाङलाई रसुवा कारागार चलान गरिएको हो।

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा परेका छन्। चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट गत बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ सानोभार्खुका ग्याल दोर्जे तामाङ र आमाछोदिङ्मो गाउँपालिका–२ हाकुका विकास वाइवा पक्राउ परेका थिए।

लागु औषध ओसारपसार गर्ने परेवालाई प्रहरीको गोली

लागु औषध गाँजालगायतको लागुऔषध बोकेर जेल तर्फ जाँदै गरेको परेवालाई अर्जेन्टिनी प्रहरीले गोली हानी रोकेको छ ।

जेल परेका श्रीमान् छुटाउन ३ हजार ज्यालामा लागूपदार्थ ओसारपसार

भारतबाट तीन हजार रुपैयाँ ज्यालामा लागूपदार्थ नेपाल भित्र्याउने युवा समूह सक्रिय रहेको पत्ता लागेको छ। लागूऔषध नियन्त्रण ब्युरोले एक साताअघि थालेको अप्रेसनमा दुई युवाले तीन हजार रुपैयाँ पाउने सर्तमा शरीरमा सयौं थान मनोद्दीपक लागूपदार्थ बेरेर भारतबाट काठमाडौं आएको खुलेको हो।

लागूऔषध ओसारपसार अभियोगमा रतन संघाई पक्राउ, पवन संघाई फरार

संघाई ग्रुपका अध्यक्ष पवन संघाईलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध ओसारपसारको अभियोगमा संघाईलाइ पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी गणेश केसीले जानकारी दिए। उनका अनुसार आजै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी भइरहेको छ। संघाई एभरेष्ट इन्स्योरेन्सका अध्यक्षसमेत हुन्।संघाइ ग्रुपको गोदामबाट सयौँ किलो लागूऔषध बरामद

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्