८ वैशाख २०८१ शनिबार
समाज

मानव बेचबिखन मुद्दाका फरार चोपनाथ नेपाल २० वर्षपछि पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गाविस-६ का हाल चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने ५० वर्षीय चोपनाथ नेपाल रहेका छन्।

उनलाई लुकीछिपी कुविण्डे क्षेत्रमा बसेका छन् भन्ने सूचनाका आधारमा बुधबार बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बस्नेतले जानकारी दिए। 

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतको विसं २०५८ पुस १६ गतेको फैसलाले  नेपाललाई एक वर्ष छ महिना कैद सजाय तोकेको थियो। जिल्ला अदालतको बुधबार २६ गतेको आदेशले निजलाई लागेको कैद सजाय असुलका लागि बुधबार नै कारागार कार्यालय चौतारा चलान गरेको प्रनाउ बस्नेतले बताए। रासस

प्रकाशित: २७ माघ २०७८ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App