७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

धनुषामा ‘साथी’हरूको कुटपिटबाट युवकको मृत्यु, युवककी श्रीमती पनि घाइते

जनकपुर धनुषामा एक जना युवकको शव फेला परेको छ। महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका अन्दाजी २४ राधे सहनीको शव सोमबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ स्थित गहुँ खेतमा फेला परेको हो।

प्रदर्शनकारीमाथि गोली प्रहार, युवकको मृत्यु

अस्पतालको विषयमा सर्लाहीको बरहथवा नगरपालिकामा झडप हुँदा गोली लागेर एक युवकको ज्यान गएको छ।

१८ लाख ४३ हजार नक्कली नोटसहित रौतहटमा एक युवक पक्राउ

रौतहट प्रहरीले भारी परिमाणमा नक्कली नेपाली रुपैया सहित एक युवकलाई पक्राउ गरेको छ। रौतहट प्रहरीले १८ लाख ४३ हजार नक्कली नेपाली रुपैयाँसहित रौतहटकै एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादव रहेका छन्।

बालकुमारी गोली काण्डमा ‘सिङ्गो सरकार दोषी’

‘वर्तमान अवस्था, व्यवस्था र यो बनाउने सरकार,’ सामाजिक सञ्जालमा सुमन खनालले प्रतिक्रिया दिएका छन्, ‘नैतिक जिम्मेवारी छ भने प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिएको राम्रो।’

चक्कु प्रहारबाट घाइते युवकको मृत्यु

गत शनिवार चक्कु प्रहारबाट घाइते भएका रौतहटको राजदेवी नगरपालिका ६ का २० वर्षीय युवक राहुल साहको उपचारको क्रममा मृत्यु भएको हो।

ट्रकको ठक्करबाट युवकको मृत्यु

कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो।

बालिका बलात्कार आरोपमा युवक पक्राउ

आफन्तको घर आएकी ९ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ लालखर्कका २१ वर्षीय प्रकाश पुरी पक्राउ परेका हुन्।

धान खेतमा मृत फेला परेको युवकको पहिचान खुल्यो

मृतक युवक जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापारा गाउँका अन्दाजी २२ वर्षीय रुपेश महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बेपत्ता युवकको शव फेला पर्‍यो

दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । रुपन्देहीको मर्चवारमा गत मङ्गलबार दुर्गा मूर्ति बिसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एकजना बेपत्ता भएका थिए।

जनकपुरको बेलामा एकजना युवकको शव भेटियो, प्रहरीद्वारा अनुसन्धान सुरु

आज बिहान जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

युवकको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई जन्मकैद

जिल्ला अदालत इलामले युवकको हत्यामा संलग्न रहेका दुई जनालाई जन्मकैदको सजाय सुनाएको छ।

छुरा प्रहारबाट रौतहटमा एक युवकको हत्या

आपसी विवादका कारण छुरा प्रहारबाट रौतहटमा एक युवकको हत्या भएको छ। रौतहटको कटहरिया नगरपालिका ५ मा साना साना बालबालिकाहरू खेल्ने विषयमा भएको विवादले झगडाको रुप लिएको थियो। शुक्रवार राति झगडाको क्रममा मारपिट भएपछि विपक्षीको छुरा प्रहारबाट २५ वर्षीय सुनिल राय यादवको मृत्यु भएको छ।

नेपाली युवकको भारतीय भूमिमा भेटियो शव

एक जना नेपाली युवकको शव भारतीय भूमिमा फेला परेको छ।सर्लाहीको मलंगवा नगरपालिका ४ का ३५ वर्षीय रवानी हुसेनको शव नेपाल भारत सीमा क्षेत्र दशगजाको नजिक भारततर्फ खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

दलित युवकको मृत्युबारे गहन अनुसन्धान गरिने

रौतहटको कटहरियामा मृत अवस्थामा फेला परेको युवकको मृत्युबारे गहन अनुसन्धान गरिने प्रहरीले जनाएको छ। कटहरिया नगरपालिका ८ पोखरियाबाट बलुवा जाने बाटोको छेउमा फेला परेको दलित युवकको मृत्युको विषयमा रौतहट प्रहरीले गहन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्