३ आश्विन २०८१ बिहीबार
image/svg+xml

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार

मंगलवार बिहान सिंहदरवारमा बसेको प्रमुख तीन दलका नेताहरु सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो।

संक्रमणकालीन न्यायमा ‘अन्याय’

बृहत् शान्तिसम्झौताको १६ वर्ष बितिसक्दा पनि सरकारले संक्रमणकालीन न्यायलाई प्राथमिकतामा राख्न नसक्दा द्वन्द्वपीडितले न्याय पाउन सकेका छैनन्।

कांग्रेस संस्थापन दाहालतिर इतर पक्ष ओलीतिर

सत्तारुढ नेपाली कांग्रेसमा सुन तस्करी छानबिनका विषयमा मतभिन्नता देखिएको छ। कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सांसदहरू गुटगत आधारमा प्रस्तुत भएका छन्।

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ :अध्यक्ष डा भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन्।

छानबिनमा तीन हजार शैक्षिक प्रमाणपत्र

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि पुराना मुद्दा ब्युँताएर सांसद सुनिल शर्माप्रति प्रतिशोध साँधेको आरोप लागेको छ।

‘प्रतिशोध राजनीति’मा रमाउँदै प्रतिपक्षी

गणतन्त्र कालमा कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व गरिसकेका छन्। तर प्रतिपक्षमा पुग्दाबित्तिकै यी दलले प्रतिशोधको राजनीति गरेको देखिन्छ।

एमालेले आजको बैठकमा पनि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्ने

नेकपा एमालेले आजको संसद् बैठकमा पनि एक क्विन्टल सुन बरामम प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्ने भएको छ।

उच्चस्तरीय छानबिन समितिको प्रतिबद्धता नआएपछि एमालेद्वारा संसद् अवरुद्ध

गृहमन्त्रीले श्रेष्ठले भनाइ राखेपछि प्रमुख प्रतिपक्षका सचेतक महेश बर्तौलाले गृहमन्त्रीले उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता नगरेको भन्दै विरोध गरेपछि एमाले सांसदहरू आआफ्नो स्थानमा उठेका थिए।

उच्चस्तरीय छानबिन समिति बनाए संसद्मा विरोध नगर्ने

सरकारले विमानस्थलमा सुन पक्राउ परेकोबारे उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता गरेमा संसद्मा विरोध नगर्ने एमालेले अडान कायमै राखेका बेला सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाइएको छ।

अवरुद्ध संसद खोलौँ, सुन तस्करी छानबिनमा सघाऔँः सांसद अधिकारी

जनता समाजवादी पार्टी,नेपालका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्ने बताएका छन।

उच्चस्तरीय छानबिन समिति बनाउन सरकार अनिच्छुक

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय किलो सुन तस्करी प्रकरणमा प्रहरीलाई अनुसन्धान गर्न दिन राखेको प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालले अस्वीकार गरेका छन्। दाहाल राजस्व अनुसन्धान विभागले गर्दै आएको अनुसन्धानमा प्रहरीले पनि सघाउनुपर्ने पक्षमा छन् ।

सुन प्रकरणबारे एमालेले संसद्मा छानबिन समितिकाे प्रस्ताव गर्ने

सुन प्रकरणबारे संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यस प्रकरणको अध्ययन गर्न छानबिन समितिको प्रस्ताव गर्ने भएको छ।

सुन तस्करीको ‘राडर’मा देखिएका अडुकियालाई कसले भगायो

२०६५ सालअगाडिसम्म राकेश अकुडिया सेयर बजारमा सक्रिय थिए। त्यसपछि अडुकियाले वेल्थ एक्सचेन्ज नामक कमोडिटी मार्केटिङ कम्पनी खोलेका थिए। विभाग स्रोतका अनुसार उनीसँगै अहिले आयात–निर्यातमा संलग्न दुई व्यापारी पनि जोडिएका छन्।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ।

अवैध सुन बरामद प्रकरणमा विस्तृत छानबिनका लागि अनुसन्धान अधिकृत तोकियो

राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्