३ आश्विन २०८१ बिहीबार
image/svg+xml

भन्सार विभागले बनायो छानबिन समिति, जाँचपासमा संलग्न कर्मचारी निलम्बन गर्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिदै गरेको ठुलो परिणामको सुन बरामद गरेपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।

माओवादी लडाकु शिविरहरूमा भएका भ्रष्टाचारको पनि तत्काल छानबिन गर्नुपर्छ: काँग्रेस सांसद राणा

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन।

राष्ट्रपति, प्रधानमन्त्री र संस्कृति मन्त्रीको संसदीय समिति बनाएर छानबिन गर्नुस्: योगेश भट्टराई

नेकपा एमालेका सांसद एवं सचिव योगेशकुमार भट्टराईले देश आवधिक निर्वाचनको दिशामा गइसकेको बताएका छन।

जलहरी काण्ड छानबिन अन्तिम चरणमा

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा चाँदीको जलहरीको स्थानमा सुनको लगाउने निर्णय गरेका थिए। उक्त निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा करोडौें रकम हिनामिना भएको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो।

कोषकै कर्मचारीबाट ठगिन्छन् पशुपतिनाथ

पशुपतिनाथ मन्दिरपरिसरमा पूजापसल, पार्किङस्थल, क्याफेलगायत सञ्चालन गर्दै आएका व्यवसायीले त्यसबापतको भाडा पशुपति क्षेत्र विकास कोषलाई तिर्न अटेरी गरेको पाइएको छ।

नक्कली शरणार्थी छानबिनमा कोही नछुटून

राष्ट्रकै शिर निहुराउने गरी राज्य संयन्त्रकै उच्च स्थानमा रहेका व्यक्तिद्वारा नेपाली नागरिकलाई नक्कली भुटानी नागरिक बनाइ अमेरिका लैजाने प्रपञ्च अन्ततः न्यायालयसम्म पुगेको छ।

शंकास्पद सबैलाई छानबिनमा ल्याउन माग

प्रतिनिधिसभाका सदस्यहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

‘हाई प्रोफाइल’लाई प्रमाण जुटेपछि पक्राउ गर्न पाउनुपर्ने प्रहरीको माग

‘हाई प्रोफाइल’ सहित थप सात जनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा शंका नगर्न प्रधानमन्त्री दाहालको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जनता र विश्वको नजर परिसकेको हुनाले यसको छानबिन र अनुसन्धानमा कुनैपनि शंका नगर्न संसदलाई आश्वत बनाएका छन्।

नक्कली शरणार्थी मायावी विभ्रम

८ सय ७५ जना नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको प्रयास वा उद्योग प्रकरणले सडकदेखि सदन तातेको छ। प्रहरीको छानबिन र अनुसन्धान जारी छ। उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वसमेतको संलग्नताको कुरा सुन्नमा आएको छ।

निष्पक्ष छानबिनमा आशंका नागरिक सडकमा

‘करोडौं पर्ने बंगला तिम्लाई कसले किन्दियो ?’ यो वाक्य शनिबार सामाजिक सञ्जालका भित्ताहरूमा भाइरल बन्यो। बिहानैदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले यही वाक्य लेखेर भ्रष्टाचारविरुद्ध आवाज उठाइरहे।

कांग्रेसले निष्पक्ष छानबिनमा सघाउने

नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको छ। पार्टी सभापति शेरबहादुर देउवानिवासमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले निर्दोष फस्ने र दोषी उम्कने अवस्था आउन नहुने ठहर गरेको हो।

माओवादी लडाकु शिविरको आर्थिक हिनामिना छानबिन गर्न अख्तियारले खुट्टा कमायोः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताएका छन्।

नक्कली शरणार्थी प्रकरणः गम्भीर छानबिन गर्न सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राखेका छन्।

फ्लाई दुबई घटना जाँच गर्न छानबिन समिति

नेपाल उड्डयन प्राधिकरणले सोमबार राति फ्लाई दुबईको जहाजमा देखिएको समस्याको सत्यतथ्य जाँच गर्न आन्तरिक छानबिन समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्