२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा शंका नगर्न प्रधानमन्त्री दाहालको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जनता र विश्वको नजर परिसकेको हुनाले यसको छानबिन र अनुसन्धानमा कुनैपनि शंका नगर्न संसदलाई आश्वत बनाएका छन्।

उनले बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै उक्त कुरा बताएका हुन्। ‘मैले गृहमन्त्रीलाई दृढतापूर्वक र निडरताका साथ छानबिन गर्न भनेको छु। प्रहरीले पनि निष्पक्षताका साथ अनुसन्धान गरिरहेको छ’, उनले भने।

प्रधानमन्त्री दाहालले यो प्रकरण राजनीतिक दलको मात्र होइन देश र अन्तराष्ट्रियत जगतकै संवेदनशील घटना भएको उल्लेख गरे। ‘यस प्रकरणमा कसैप्रति पनि आग्रह र पूर्वाग्रह राखिने छैन र कुनै अपराधिलाई छुट दिइने छैन’, उनले भने, ‘यो मुद्दा कुनै पार्टी, सरकार विशेषको मात्र होइन। यो आम जनताको बिषय भएको छ । यो राष्ट्रिय मात्र हाइन र अन्तराष्ट्रिय भइसकेको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाले पनि नजिकबाट हेरिरहेका छन।’

प्रकाशित: ४ जेष्ठ २०८० ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App